सिटिजन्स बैंकद्वारा बर्दियाको विद्यालयलाई कप्युटर सहयोग

  २०७३ फागुन १८ गते १७:०७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दिया जिल्लाको गुलरियामा श्री जानकी प्राथमिक विद्यालयलाई १ थान कप्युटर वितरण गरेको छ । बैंकले नेपालको शिक्षा जगतमा टेवा पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भौतिक सहयोग स्वरुप १ थान कप्युटर वितरण वितरण गरेको हो ।

बुधबार गुलरियामा आयोजित एक समारोहकाबीच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले उक्त विद्यालयका अध्यक्ष रामचन्द्र यादव र प्रधानध्यापक मुन्नालाल यादवलाई हस्तान्तरण गरेका छन् ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता क्षेत्रहरुमा प्रत्येक वर्ष सहयोग पुर्याउदै आएको बताएका छन् । साथै, भविष्यमा पनि बैंकले यस्तै सहयोग पुर्याउने जानकारी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.