आन्तरिक वायुसेवासँग ४३ जहाज, काठमाडौंबाट मात्रै दैनिक तीन सय उडान

  २०७३ फागुन १७ गते १०:००     विकासन्युज

काठमाडौं । आन्तरिक वायुसेवामा तीब्र प्रतिस्पर्धा बढ्न थालेको छ । वायुसेवा कम्पनीबीच एकपछि अर्कोले जहाज थप गर्ने र सेवा संचालनको दायरा बढाउने कार्यलाई तीब्रता साथ अगाडि बढाइरहेका छन् ।

काठमाडौं विमानस्थलाई आधार बनाएर उडान गर्ने वायुसेवाको प्रतिस्पर्धा बढ्नुले यात्रु सेवामा सहजता हुने गरेको भएपनि दुर्गम क्षेत्रमा भने अझै समस्या छ ।

हाल नेपालका विभिन्न १० वटा आन्तरिक वायसेवासँग ४३ वटा जहाज रहेका छन् । यी जहाजमार्फत काठमाडौं विमानस्थलबाट मात्रै दैनिक साढे तीन सय वटासम्म उडान हुने गरेको छ । याे जहाज स‌‌ख्या नियमित उडानका वायुसेवाकाे मात्रै हाे । हेलिकाेप्टरले चार्टर उडान गर्ने भएकाेले तीनकाे स‌‍ख्या उल्लेख छैन । हेलिकाेप्टर स‍ख्या करीब डेढ दर्जन रहेकाे छ ।

पर्यटकीय सिजनमा सबैभन्दा बढी उडान तथा अवतरण हुने गरेको त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । उनका अनुसार अहिले पर्यटकीय सिजन नहुँदा पनि दैनिक ११० वटा उडान र सोही नै संख्यामा अवतरण हुने गरेका छन् । यो तथ्यांक पर्यटकीय सिजनमा दोब्ब नै हुने गरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । उनका अनुसार पर्यटकीय सिजनमा दैनिक ३ सय उडान सामान्य हो ।

नेपालमा जहाज कम्पनी थप हुने र वायुयान बढ्दै गएको भएपनि समस्या नै रहेको वायुसेवा संचालक संघका प्रवक्ता घनश्याम आचार्यले बताए । सीता एयरका महाप्रवन्धक रहेका अचार्यका अनुसार सेवा दिन जहाज थप गर्नुपर्ने वाध्यता छ । जहाज नहुँदा यात्रुको चाप धान्नै समस्या हुन्छ जहाज हुँदा विमानस्थलको चापले अर्को समस्या हुने गरेको उनको बुझाई छ । उनका अनुसार वायुसेवा कम्पनीले आफ्नो बजार बढाउन पनि जहाज थप गर्ने पर्ने वाध्यता रहेको छ ।

कुन बायुसेवाका कति जहाज
बुद्ध एयर                       ९ वटा
तारा एयर                      ७ वटा
यति एयरलाईन्स          ६ वटा
गोमा एयर                     ६ वटा
नेपाल वायुसेवा निगम   ६ वटा
सिम्रिक एयरलाईन्स      ४ वटा
सीता एयर                     २ वटा
सौर्य एयर                      १ वटा
मकालु                           १ वटा
काष्टमण्डप                  १ वटा
जम्मा                         ४३ वटा

आन्तरिक वायुसेवा तीब्र प्रतिस्र्पाधाले यात्रुलाई सहज हुने भएपनि सुगम क्षेत्रलाई धानेको भएपनि दुर्गमममा समस्या रहेको यति एयरलाइन्सका अपरेसन निर्देशक गोविन्द पौडेलले बताए ।

उनका अनुसार जति जहाज भएपनि सिजनमा पुग्दैन । अफ सिजनमा विमानस्थको भिजिविटिली कम हुँदा समस्या हुने गरेको छ । उनका अनुसार बजारको आवश्यकता पूरा गर्न र आफ्नो मार्केट बढाउन पनि जहाज थप गर्ने रणनीतिलाई सामान्य नै मान्नुपर्ने पौडेलको तर्क छ ।

एउटा वायुसेवा आउँदैमा र जहाज थप गर्दैमा समस्या हुने अवस्था नरहेको र बजार बढ्दै गएकोले आवश्यकताको सिद्धान्त अनुसार सेवा विस्तार भएको सौर्य एयरका प्रवन्ध निर्देशक गोपाल भट्टराईले बताए ।

उनका अनुसार जहाज कम्पनीले दिने सेवा र सुविधाले यात्रु तान्न सक्छन । जसको सेवा र सुविधा राम्रो हुन्छ उतै यात्रु जाने भएकोले पनि आवश्यकता अनुसार सेवामा प्रतिस्पर्धा गर्नुपर्छ । हाल १ मात्रै जहाज रहेको कम्पनीले करिब ५० देखि ६० करोड खर्चेर थप अर्को जहाज ल्याउने तयारी थालेको छ । जहाज आगामी १५ दिनमा आउने पनि उनको दाबी छ । अान्तिर वायुसेवाका यी जहाजमध्ये काष्टमण्डपबाहेक सबैकाे उडान भइरहेकाे छ । याे वायुसेवाेकाे भने हाल जहाज भएरपनि उडानमा राेक लागेकाे छ ।

पछिल्लो समय आन्तरिक वायुसेवा कम्पनी सबैभन्दा बढि जहाज बनाउने र प्रतिस्पर्धा गर्नेमा बुद्ध र यति एयर नै अग्र स्थानमा रहेका छन् । दुबै वायुसेवाले क्षमता बढाउने र बजार बिस्तारमा नयाँ रणनीति बनाएर अगाडि बढिरहेका छन् ।

दुबै वायुसेवाले नेपाली आकासमा एटीआर नामक आधुनिक वायुसेवा थप गरेर सेवा दिने भएका छन् । बुद्धसँग ७ वटा एटीआर जहाज नै छ भने यतिले पनि चार वटा ल्याउने प्रक्रियालाई अगाडि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.