नेपाल व्यवस्थापन संघको अध्यक्षमा सुशील भट्ट निर्वाचित, मोहन ओझा महासचिव

  २०७३ फागुन ५ गते १२:५७     विकासन्युज

काठमाडौं । नेपाल व्यवस्थापन संघको नयाँ कार्यसमितिले पदाधिकारीहरु चयन गरेको छ । बुधबार भएको निर्वाचनबाट अध्यक्षमा सुशील भट्टले १२ मत पाएर विजय भएको थिए । प्रतिस्पर्धी सुशील कुमार अर्यालले ६ मत पाएका थिए ।

प्रथम उपाध्यक्षमा विजयी राष्ट्र बैंकका निर्देश राजेन्द्र पण्डितले १३ मत पाए भने उनीसँग प्रतिस्पर्धा गर्ने डा विष्णु खनालले ५ मत पाएका थिए ।  दृतिय उपाध्यक्षमा कर्मचारी सञ्चय कोषका धुर्ब भट्टराई ११ मत पाएर विजयी भए । उनीसँग प्रतिष्पर्धा गरेका जेनिशा भट्टराईले ७ मत पाईन् ।

महासचिवमा ग्रोथ सेलर कम्पनीका प्रबन्ध निर्देशक मोहन ओझाले १० मत पाएर विजयी भए । महासचिवका अर्का प्रतिस्पर्धी राजन थापाले ८ मत पाएका थिए । कोषाध्यक्षमा दिलिपराज पौडेल सर्वसहमतिमा निर्वाचित भएका छन् । उनी पनि कर्मचार संचयकोषमा आवद्ध छन् ।

गत शुक्रबार राजधानीमा सम्पन्न २६ औं साधारणसभाले १७ जनाको कार्यसमिति चयन गरेको थियो । १७ जना कार्यसमिति सदस्य र निवर्तमान अध्यक्षकोसहित १८ मत खसेको थियो ।

सम्बन्धीत समाचार

नेपाल व्यवस्थापन संघमा नयाँ नेतृत्व, मेनेजर अफ दि एयर २०१६’ सम्मान एनएमबी बैंकका सिइओ पौडेललाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.