भिबोर सोसाइटी डेभलपमेन्ट बैंकमा लुम्बिनी फाईनान्स गाभिने, के अर्को लुम्बिनी बैंक जन्मन सक्ला ?

  २०७३ माघ २४ गते २१:४८     विकासन्युज

काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकमा लुम्बिनी फाईनान्स एण्ड लिजिङ्ग कम्पनी  गाभिने भएको छ । एक आपसमा गाभ्ने र गाभिने विषयमा सोमबार भिबोर सोसाइटी डेभलपमेन्ट बैंकका सुशीलराज पराजुली र लुम्बिनी फाईनान्सका अध्यक्ष चिन्तामणी भट्टराईले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
lumbani_bikas_bank
दुवै संस्था मर्ज पश्चात् चुक्ता पूँजी २ अर्व ३७ करोड, निक्षेप १७ अर्ब, कर्जा १५ अर्व तथा शाखा संख्या ४९ पुग्ने बैंकले जनाएको छ ।  मर्ज पश्चात बन्ने बिकास बैंकको नाम लुम्बिनी बिकास बैंक लिमिटेड राख्ने सहमति भएको छ । तर नेपाल राष्ट्र बैंकले यसमा सहमति नदिन सक्छ ।किनकी हाल सिद्धार्थ बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकबीच नामको विषयमा भएको विवाद राष्ट्र बैंकको लागि पनि टाउको दुखाईको विषय भएको छ । यसअघि ‘लुम्बिनी बैंक’ बैंक अफ काठमाण्डूमा गाभिएर बैंक अफ काठमाण्डू लुम्बिनी बनेको छ ।

मर्जपछि अध्यक्षमा भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष सुशिलराज पराजुली रहनु हुनेछ । बैंकको प्रमुख कार्यकारी अधिकृतमा भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडको हालका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल नै रहने र नायब प्रमुख कार्यकारी अधिकृतमा लुम्बिनी फाईनान्स एण्ड लिजिङ्गका हालका प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी रहने सहमति भएको छ ।

साथै नेपाल राष्ट्र बैंक बाट जारी बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को बिनियम ८ मा भएको ब्यवस्था बमोजिम डीडीए सम्पन्न गरी सोहि बमोजिम शेयर आदान प्रदान अनुपात कायम गर्ने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.