निजी सवारी साधानको बीमा शुल्क ३० प्रतिशतले घट्यो, न्यूनतम बीमा शुल्क २ हजार रुपैयाँ

  २०७३ माघ २३ गते १२:३६     विकासन्युज

काठमाडौं । निजी सवारी साधानधनीका लागि खुशीको खबर छ । निजी सवारी साधानको बीमा शुल्क ३० प्रतिशतले घटेको छ । २० लाखको गाडीका हानि नोक्सानी बीमा गर्दा पहिला २० हजार रुपैयाँ बीमा शुल्क तिर्नु पर्ने थियो भने अब १४ हजार रुपैयाँ तिरे पुग्छ । त्यसमा तेस्रो पक्ष बीमा, हुलदंगा बीमाको अतिरिक्त शुल्क लाग्नेछ ।

निजी सवारीको बीमा गर्दा औषतमा घोषित मूल्यको २ प्रतिशत बीमा शुल्क लाग्ने गरेकोमा त्यसमा ३० प्रतिशत घटाउने निर्णय बीमा समितिले गरेको हो । बीमा कम्पनीहरुबीच मोटर बीमाको शुल्क घटाएर बीमा गर्ने अस्वस्थ्य प्रतिस्पर्धा भएपछि बीमा समितिले शुल्क घटाउने निर्णय गरेको हो ।
moterbima
समितिको अनुसार एक हजार सीसी भन्दा कम पावरको निजी सवारीको बीमा गर्दा २० लाख भन्दा कम मूल्यको सवारी भएमा घोषित मूल्यको ०.८४ प्रतिशत र २० लाख भन्दा बढी मूल्यको भए थप मूल्यको १.१२ प्रतिशत बीमा शुल्क तिर्नु पर्नेछ । यस्ता सवारीको लागि तेस्रो पक्षका बीमा शुल्क थप ३ हजार रुपैयाँ लाग्नेछ ।

१ हजार देखि १६ सय सीसी पावरका मोटरको हानी नोक्सानी बीमा शुल्क घोषित मूल्य २० लाख भन्दा कम भएमा ०.८७ प्रतिशत र २० लाख भन्दा बढी मूल्य भएमा घोषित मूल्यको १.१२ थप बीमा शुल्क लाग्ने छ ।
moter_bima
सरकारी स्वामित्वमा रहेको सवारीको बीमा शुल्क निजी सवारीको बीमा शुल्क भन्दा धेरै सस्तो छ । त्यस्तै, विद्युतीय सवारीको बीमा शुल्क पनि अन्य सवारीको तुलनामा कम गरिएको छ । तर कुनै पनि मोटर बीमा गर्दा प्रति सवारीमा दुई हजारभन्दा कम प्रिमियम लिएर बीमा पोलिसी जारी गर्न बीमा समितिले रोक लगाएको छ ।
bimasulka
बीमा कम्पनीहरुबीच बीमा शुल्क घटाउने अस्वस्थ्य प्रतिपर्धा भएपछि बीमा समितिले मोटर बीमा शुल्क घटाएको हो । घटेको बीमा शुल्क पुस १ गतेदेखि नै लागू गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिइएको छ ।

बीमा शुल्क घट्दा निजी सवारी साधान धनीलाई फाइदा भएको छ । तर बीमा क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको बोनस घट्नेछ । पछिल्लो समयमा मोटर बीमा बढ्दा बीमा कम्पनीहरुले राम्रो लाभ लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.