२०७३ पुष ५ गते २१:२९ विकासन्युज
काठमाडौं, ५ पुस । नेपाल क्रेडिट एण्ड कर्मस (एनसीसी)बैंक र बुम रेमिट्यान्सबीच बुम रेमिट सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कर्मस बैंकका तर्फबाट प्रमुख कार्येकारी अधिकृत रमेशराज अर्याल र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् ।
हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडी मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्ट्रेलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.