१८ वटा विकास बैंकले गरे लाभांशको घोषणा, सबैभन्दा बढी मुक्तिनाथ र कम कन्ट्री डेभलपमेन्टको लाभांस

  २०७३ मंसिर २६ गते १४:०४     शर्मिला हुमागार्इ

काठमाडौं, २६ मंसिर । आइतबारसम्ममा १७ वटा विकास बैंकले लाभांशको घोषणा गरेका छन् । सबैभन्दा बढी लाभांश घोषणा गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ । पोखरामा मुख्य कार्यालय रहेको यस बैंकले आफ्ना सेयरधनीहरुलाई ३४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।

bonasत्यस्तै सबैभन्दा कम लाभांश दिनेमा कन्ट्री डेभलपमेन्ट बैंक रहेको छ। उसले गत आर्थिक वर्षको आम्दानीबाट ७.६३ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । त्यस्तै तिनाउ विकास बैंकले २६.३१ प्रतिशत, कैलाश विकास बैंकले २५ प्रतिशत, हाम्रो विकास बैंकले २५ प्रतिशत, सहयोगी विकास बैंकले २३.१६ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् ।

त्यस्तैगरी त्रिवेणी विकास बैंक १९ प्रतिशत, सिन्धु विकास बैंक १७.६८ प्रतिशत, बाग्मती डेभलपमेन्ट बैंकले १४.७४ प्रतिशत, सप्तकोसी डेभलपमेन्ट बैकले ११ प्रतिशत, अरनिको डेभलपमेन्ट बैंकले १७ प्रतिशत र एस डेभलपमेन्ट बैंकले २०.२५ प्रतिशत बोनस सेयर तथा नगद लाभांश दिने घोषणा गरेका हुन् ।

साइन रेसङा डेभलपमेन्ट बैंक २७ प्रतिशत, सिद्धार्थ डेभलपमेन्ट बैंकले २४ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकले २६.३१ प्रतिशत, विराटलक्ष्मी विकास बैंकले १९.४७ प्रतिशत, मुक्तिनाथ विकास बैंकले ३४ प्रतिशत, इनोभेटिभ डेभलपमेन्ट बैंकले २२.८९ प्रतिशत, सेवा विकास बैंक २० प्रतिशत र कसमस डेभलपमेन्ट बैंकले २४.८४ प्रतिशत लाभांशको घोषणा गरेका छन् । त्यस्तै, देव विकास बैंकले पनि गत वर्षको मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

विकास बैंकहरुले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको साधारणसभाबाट पारित भएपछि मात्र बोनस वितरण गरिने छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपालभर ७६ वटा विकास बैंकहरु रहेका छन् । त्यसमध्ये देशैभर कार्यक्षेत्र भएको २४ वटा, दश जिल्ला कार्यक्षेत्र भएको १३ वटा , तीन जिल्ला कार्यक्षेत्र भएको २७ वटा र एक जिल्ला कार्य क्षेत्र भएको १२ वटा विकास बैंकहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.