देश विकासमा निर्माण व्यवसायीको महत्वपूर्ण योगदान- मन्त्री लेखक

  २०७३ मंसिर २३ गते १२:४९     विकासन्युज

nirman_byabasayee

काठमाडौं, २३ मंसिर । दिगो र गुणस्तरिय भौतिक संरचनाको निर्माणले देश विकासमा महत्वपूर्ण योगदान पुग्ने हुँदा राज्य निजी क्षेत्रमा भर परेको भौतिक निर्माण तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले आफ्नो स्थापनाको रजत जयन्तिको अवसरमा राजधानीमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री लेखकले निजी क्षेत्रबाट हुने दिगो र गुणस्तरीय भौतिक संरचनाको निर्माणबाट नै देशविकास हुने भएकाले राज्य निजी क्षेत्रमा भर परेको बताएका हुन् । उनले आजको आवश्यकता निर्माण मात्रै नभएर समयमा नै गुणस्तरीय र दिगो निर्माणमा व्यवसायीले प्राथमिकता दिनुपर्ने बताए ।

नवौं निर्माण दिवस तथा रजत जयन्ति समापन समारोहमा महासंघको समृद्धि विकासमार्फत भन्ने नारामा थप गरी गुणस्तरीय र समयमै विकासबाट समृद्धि भन्ने नारा तय गर्न आग्रह गरे । यो नारालाई सरकारले पनि आत्मसाथ गर्न तयार भएको मन्त्री लेखकको भनाइ छ । उनले राष्ट्र निर्माणको जिम्मा निजी क्षेत्रको हातमा रहेको बताए । उनले भने–‘देशको भौतिक विकास निर्माणमा निजी क्षेत्रको मात्रै योगदान रहेकोले व्यवसायीले दक्षता प्रदान गर्दै आफ्नो देशको निर्माण आफै गर्न सक्छौं भन्ने विश्वस दिलाउन सक्नुपर्छ ।’ मन्त्री लेखकले नेपालका निर्माण व्यवासायी पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धाबाट छनोट हुन सक्ने बतावरण बनाउन महासंघलाई सुझाव दिए ।

कार्यक्रममा उपस्थित विशिष्ट अतिथि भूमिसुधार मन्त्री विक्रम पाण्डेले विकास निर्माणको क्षेत्रमा निजी क्षेत्रले पु¥याएको योगदानको प्रशंसा गर्दै हरेक निर्माण कार्यमा नेपाली निर्माण व्यवसायीलाई नै अवसर दिनुपर्ने बताए । उनले निर्माण जगत्मा नेपाली व्यवसायीहरु सक्षम बन्दै गइरहेकाले सरकाले विदेशी निर्माण कम्पनीलाई भन्दा स्वदेशी कम्पनीलाई नै प्रथमिकता दिने तयारी गरेको बताए ।

महासंघका अध्यक्ष शरदकुमार गौचनले देश निर्माणमा निजी क्षेत्रले २५ बर्षमा उल्लेख्य फड्को मारेको बताए । नेपालमा निर्माण व्यवसायीको लामो इतिहास नभएपनि देश निर्माणमा निकै अगाडी रहेको दावी गरे । सरकारले नीति नियम कानुन बनाउँदा व्यवसाय मैत्रि हुनुपर्नेमा गौचनले जोड दिए । उनले निर्माण व्यवसायीलाई वलियो नवनाएसम्म देश निर्माण र समृद्धि नहुने बताए ।

महासंघ २०४६ सालमा स्थापन भएर २५ वर्ष पार गरेको अवसरमा तत्कालिन कार्यसमिति पदाधिकारी, निर्माण व्यवसायलाई व्यवस्थित गर्न विभिन्न कोणबाट सहयोग गर्नेे पूर्व सरकारी कर्मचारीसहित विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । संघले रजत जयन्तिको महासंघले समापनको अवसर पारेर प्रभातफेरी, महासंघको प्रङ्गनमा निर्माणको प्रतिमा अनावरण गर्नुका साथै सांङ्गीतिक कार्यक्रम गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.