पिपुल्स इन्भेष्टमेन्ट कम्पनीले १० लाख ८० हजार कित्ता साधारण सेयर जारी गर्ने

  २०७३ मंसिर २१ गते १६:४७     विकासन्युज

काठमाडौं, २१ मंसिर । पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको नवौ बार्षिक साधारणसभाले आफ्ना शेयरधनीलाई २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । कम्पनीले सर्वसाधारणको लागी १० करोड ८० लाख रुपैया बराबरको १० लाख ८० हजार कित्ता साधारण शेयर पनि निष्कासन गर्ने निर्णय गरेको छ ।

साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले कम्पनीले उत्पादन मुलक तथा उर्जा क्षेत्रमा लगानी बढाउने जानकारी दिए । साधारणसभाले गुरुप्रसाद न्यौपानेको अध्यक्षतामा यमलाल रिजाल, माणिकरत्न शाक्य, कर्णप्रसाद देवभण्डारी, शिवहरि दंगाल, राजेन्द्र शाक्य, बेनबहादुर ढकाल, हरिहर कार्की, घनश्याम न्यौपानेलाई सञ्चालकमा चुनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.