भिबोर सोसाइटी डेभलपमेन्ट बैंकद्धारा सपोर्ट ग्रुपका परिवारलाई ४ लाख रुपैयाँ सहुलियत कर्जा

  २०७३ मंसिर १९ गते १४:५९     विकासन्युज

vibor_with_limuntiकाठमाडौं, १९ मंसिर । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुमन्ति सपोर्ट ग्रुप फर सेल्टरबीच विपन्न वर्ग परिवारहरुलाई न्यून—लागत आवाश निर्माण कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ । आइतबार भएको उक्त सम्झौतामा बैंकको प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनाल तथा लुमन्ती संस्थाको तर्फबाट कार्यकारी निर्देशक लजना मानन्धरले एक समारोहका बीच हस्ताक्षर गरेका छन् ।

यस सम्झौता बमोजिम लुमन्ति संस्थाले आफ्नो कार्यक्रम संचालन गरेको क्षेत्रका न्यून आय तथा बैंकिङ्ग क्षेत्रबाट टाढा रहेका विपन्न परिवारले अधिकतम ४ लाख रुपैयाँ सम्म न्यून लागत आवाश निर्माण गर्न भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लि. बाट सहुलियत कर्जा सुविधा प्राप्त गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.