फेमे खोला जलविद्युत आयोजनाको तीन लाख कित्ता साधारण सेयर आउँदै

  २०७३ मंसिर १७ गते १२:४७     विकासन्युज

काठमाडौं, १७ मंसिर । फेमे खोला जलविद्युत आयोजनाको तीन लाख कित्ता साधारण सेयर आउँदै छ । सो आयोजना खोरङगा हाइड्रोपावर कम्पनी लिमिटेडले प्रबद्र्धन गरेको हो । साधारण सेयर निष्कासनका लागि कम्पनीले शेयर निष्कासन तथा विक्रि प्रबन्धको रुपमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।

khoranga
सो कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाको लागि ३० हजार कित्ता साधारण सेयर जारी गर्ने छ । भने बाँकी २ लाख ७० हजार कित्ता सर्वसाधारणको लागि छुट्याएको विज्ञप्ति मार्फत जनाएको छ ।

कम्पनीले पाँचथरको फिदिममा नौ सय ९५ किलोवाट क्षमताको फेमे खोला जलविद्युत आयोजना सञ्चालन गरेको छ । सो आयोजनाको प्रभावित क्षेत्रमा पाँचथरको फिदिमका बासिन्दा रहेका छन् । साधारण सेयर निष्कासन पश्चात कम्पनीको चुक्तापुजी १० करोड १० लाख रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.