कृषि विकास बैंकबाट ४० लाखकाे सुनचाँदी चाेरी

  २०७३ मंसिर १३ गते २०:३५     विकासन्युज

वीरगन्ज, १३ मंसिर । वीरगन्ज महानगरपालिका–१० लिङ्करोडस्थित कृषि विकास बैंकबाट करिब रु। ४० लाख मूल्य बराबरको सुनचाँदी चोरी भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार मध्यरात बैंकको दक्षिणतर्फ रहेको फलामको ग्रिल निकाली दराज खोलेर रु। ३९ लाख २३ हजार ६७९ मूल्य बराबरका ७२ दशमलव ६ तोला सुन र रु। २१ हजार ८१३ मूल्य बराबरको २७ दशमलव ४४ तोला चाँदी चोरी भएको छ ।

अनुसन्धानका क्रममा प्रहरीले सो बैंकका सुरक्षागार्ड बृजकिशोर चौहान, उमेशप्रसाद र फुनेरा राजकुर्मीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए

सो दराजको तीनवटा साँचोमध्ये एउटा साँचो बैंक प्रबन्धक, अर्को लेखापालसँग थियो भने एउटा साँचो क्षेत्रीय कार्यालयमा पठाउनुपर्नेमा त्यहाँ नपठाई प्रबन्धकले आफ्नै कोठामा रहेको दराजमा राखेको थियो । चोरले पहिले दराजमा राखेको साँचो झिकेर सुनचाँदी राखिएको दराज खोली चोरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धाबाट खुल्न आएको प्रहरीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.