हिरोले ल्यायो आईथ्रीएस प्रविधिका तीन नयाँ बाइक

  २०७३ मंसिर ८ गते १२:५३     विकासन्युज

काठमाडौं, ६ मंसिर । हिरोले एकैपटक तीनवटा बाइकलाई नयाँ भर्सनमा ल्याएको छ । हिरो मोटरकर्प लिमिटेडले स्प्लेण्डर आइस्मार्ट ११० सीसी, न्यू अभिचर १५० सीसी र नयाँ सुपर स्प्लेण्डर १२५ सीसीको नयाँ भर्सनलाई नेपाली बजारमा ल्याएको हो ।ume_0183

हिरोको आधिकारिक विक्रेता नेपाल जनरल मार्के्टिङले सोमबार काठमाडौंमा सार्वजनिक गरेका तीन वटै बाइकका यसअघिका अडिसन नेपाली बजारमा लोकप्रिय भइसकेका थिए । कम्पनीले नेपालमा अपग्रेड गरेर भित्र्याएको तीन वटै मोटरसाइकल आईथ्रीएस प्रविधिमा छन् ।

कम्पनीका प्रतिनिधिहरुले बाइकहरु अनावरण गर्दै भरपर्दो, उर्जायुक्त र प्रभावकारी उत्पादनहरु नेपाली बजारमा ल्याएको बताए । कम्पनीले केही महिना अगाडि मात्रै डुएट स्कुटर बजारमा ल्याएको थियो ।

कम्पनीले बजारमा ल्याएको स्प्लेण्ड आइस्मार्ट ११० सीसीको मोटरसाइकल भारतको जयपुरमै डिजाइन भएको हो । सबै बाइकमा ९ पटकको फ्रि सर्भिस र ५ वर्षको वारेन्टी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.