एप्पलको पछिल्लो भर्सन विक्रि सुरु भएको तीन दिनमा नै १८३३ सेट विक्रि भएको जेनेक्स्टको दावी

  २०७३ मंसिर ८ गते १२:५३     विकासन्युज

काठमाडौ, ६ मंसिर । एप्पलको आधिकारीक विक्रेता ‘जेनेरेसन नेक्स्ट कम्युनिकेसन‘ (जेनेक्स्ट) ले आइफोन सेभेन र आइफोन सेभेन प्लस विक्रि गर्न सुरु गरेको तीन दिनमा नै १८३३ वटा विक्रि भएको दावी गरेको छ । जेनेक्स्टले प्रेस विज्ञप्ती जारी गरी आइफोनका ग्राहक नेपालमा बढ्दै गएको र माग पनि प्रसस्त आएको जनाएको छ ।

iphone7_7plus
उसले आइफोनसेभेन र आइफोन सेभनेप्लस किन्ने ग्रहकहरुलाई आफ्ना डिलरहरु इभोस्टोर, फ्युचर वल्र्ड, वोलीज स्टोर, सोनु मोवाइल, एपेक्स डिजिटलबाट मात्र किन्न अनुरोध गरेको छ । आइफोनका नयाँ भर्सन किन्दा आइएमइआइ नम्वर रजिष्टर्ड भएको नभएको जाँचेर मात्र किन्न र म्याट विल लिन पनि अनुरोध गरेको छ ।

बजारमा आइफोन सेभेन र आइफोन सेभेन प्लसका नक्कली मोवाइल सेटहरु पाउन थालेपछि यस्तो सुचना जारी गरी ग्राहकलाई सचेत गराएको जेनेक्स्टले जनाएको हो । बजारमा यही मंसिर पाँच गते इभोष्टर नेपालबाट आइफोन सेभेन र आइफोन सेभेन प्लसको विक्रि सुरु गरेको थियो ।
आईफोन ७ को मूल्य ३२ जिबीको लागि ९१ हजार, १२८ जिबीको लागि एकलाख आठ हजार रुपैयाँ र २५६ जिबीको लागि एकलाख १९ हजार ५०० रुपैयाँ तोकिएको छ । आईफोन ७ प्लस्को ३२ जिबीको लागि एकलाख आठ हजार रुपैयाँ, १२८ जिबीको एकलाख २२ हजार ५०० रुपैयाँ र २५६ जिबीको लागि एकलाख ३६ हजार रुपैयाँ तोकिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.