वायुसेवा निगमको जहाज राख्न चीनले चार अर्ब खर्चेर ह्याङगर बनाइदिने, डिजाइन र जहाज राख्ने क्षमता तय

  २०७३ मंसिर ३ गते ११:२१     विकासन्युज

काठमाडौं ३, मंसिर । नेपाल वायुसेवा निगमको जहाज मर्मत गर्न र जहाज राख्नको लागि चीनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ह्याङगर बनाइदिने भएको छ । नेपाल सरकार र चीन सरकारबीच भएको सरकारी सम्झौतापछि चिनियाँ जहाज ल्याउनेपर्ने भएपछि चीनले निगमका लागि एउटा ह्याङगर नै बनाइदिने भएको छ ।

त्रिभुवन विमानस्थलमा बनाइदिने विमानको मर्मत संभाव गर्न र जहाज राख्न प्रयोग हुने यस्तो ह्याङगरको क्षमता भने वाइडवडिकाका एक, न्यारोबडिका दुई र आन्तरिक उडानका जहाज भने एकैपटकी तीन चारवटा अट्नेसम्म हुने वायुसेवा निगमको इन्जिनियरिङ विभागले जानकारी दिएको छ ।

विमानस्थमा रहेको निगमको ह्यांगरको फाइल तस्बिर

विमानस्थमा रहेको निगमको ह्यांगरको फाइल तस्बिर

निगमले चिनियाँ जहाज बारम्बार विग्रिरहेन र मर्मत खर्च अधिक हुने तथा चिनियाँ पक्षको असहयोग भएको गुनासोपछि एक वर्ष अगाडि गरेको यस्तो प्रस्तावलाई पुनः अगाडि सारिएको वायुसेवा निगमका एक इन्जिनियरले बताए । उनका अनुसार चीनले अनुदानमा बनाइदिने यस्तो ह्याङगर नेपाली चार अर्ब रुपैयाँसम्म खर्च गरेर अध्याधुनिक बनाइदिने प्रस्ताव गरेको छ ।

चीनको स्वार्थ नेपालमा जोडिदै गएको र जहाज लिने प्रक्रिया लामो समयसम्म अल्झिएकोले पनि अहिले चार करोड डलरको जहाजका पाटपूर्जा काठमाडौंमा नै उपलवब्ध गराउनेसहितको नयाँ प्रस्ताव आएको निगमको भनाइ छ ।

निगमका सहायक प्रवक्ता शैलेश कंसाकारका अनुसार चिनियाँ पक्षले निर्देशक तथा महाप्रवन्धकतहमा मात्रै कुराकानी गरेकोले आफूलाई चिनियाँ जहाज र यसको कुने पक्षको बारेमा पनि जानकारी नभएको बताए । उनले यस विषयमा चाइनिजले पहिले पनि प्रताव गरेको र तथा पहिलो प्रतिवेदनमै भएकोसम्म जानरकारी रहेको बताए । थप जानकारी दिने आधिकार भने आफूलाई नभएको प्रतिक्रिया दिए ।

निगम स्रोतका अनुसार दुईवटा चिनियाँ जहाज आगामी पुस भित्र आउने तय भएको छ । बाँकी दुईवटा पनि केही महिनामा आउने भएकोले निगमले चीनसँग भएको स्पेयर्स पाट्स, ह्यांगर बनाउने प्रस्तावको पूर्ण विवरण सार्वजनिक गर्न चाहेका छैनन् ।

चीनले बनाइदिने यस्तो ह्याङगरपछि वायुसेवा निमगलाई आफ्ना आन्तरिक उडानका जहाज तथा अन्तर्राष्ट्रिय उडानका जहाजको इन्जिनबाहेकको मर्मत काठमाडौंमा नै हुन सक्ने उल्लेख छ ।
निजी वायुसेवासँग अत्याधुनिक जहाज विमान मर्मत केन्द्र
नेपालमा निजी वायुसेवा कम्पनी बुद्ध एयरसँग मात्रै अत्याधुनिक जहाज मर्मत केन्द्र रहेको छ । बुद्ध एयरले चार वर्षदेखि संचालनमा ल्याएको जहाज मर्मत तथा संभारलाई हाल अन्तर्राष्ट्रिय जहाज पनि मर्मत गर्न सक्ने क्षमतामा पुर्याएको छ ।

बुद्धले एटीआर र बीचक्र्याफ्टका जहाजको मर्मत नेपालमा नै गर्न थालेको छ । बुद्धको सेवालाई चित्त बुझाई विदेशी वायुसेवाले पनि नेपालमा नै जहाज मर्मतको रुची देखाउन थालेको उल्लेख छ । बुद्धसँग भएको जहाजकै प्रकृतिका जहाज बुद्धले मर्मत गर्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.