लार्के र याङग्री नदिको पानी काठमाडौं ल्याउने काम अघि बढ्यो, डिपिआर निर्माणको तयारी

  २०७३ कार्तिक २२ गते १२:३१     विकासन्युज

melamchi-21काठमाडौं, २२ कात्तिक । राजधानीमा मेलम्चीको पानी पछि लार्के र याङग्री नदिको पानी ल्याउने काम अघि बढेको छ । मेलम्ची नदिको पानीले मात्रै उपत्यकाको खानेपानी समस्या दिर्घकालिन रुपले समाधान नहुने भन्दै ती दुई नदिको पानी समेत तयारी सुरु भएको हो । प्रारम्भिक चरणको अध्ययन पुरा गरेको मेलम्ची खानेपानी आयोजनाले ती नदिको पानी राजधानी ल्याउन सकिने निष्कर्ष निकालेको थियो ।

हाल लार्के र याङग्री नदिको पानी उपत्यका ल्याउने बारे डिपिआर निर्माणको तयारी भैरहेको छ ।‘प्रथम चरणको सम्भाव्यता अध्ययनले सकारात्मक नतिजा दिएपछि, अब डिपिआर निर्माणको काम अघि बढाउँदैछौं’, मेलम्ची खानेपानी आयोजनाका इञ्जिनियर राजेन्द्र प्रसाद पन्तले विकासन्युजसँग भने ।

आयोजनाले स्पेनी कम्पनी इपिटिसालाई डिपिआर निर्माणका लागि छनौट समेत गरिसकेको छ । ‘डिपिआर निर्माणका लागि सम्झौता गर्ने प्रक्रियामा पुगेका छौं, अन्तिम छलफल चलिरहेको छ’, इञ्जिनियर पन्तले भने । मेलम्ची खानेपानी आयोजनाले दोश्रो आयोजनाका रुपमा लार्के र याङग्री नदिको पानी काठमाडौं ल्याउने योजना अघि सारेको थियो । सो योजना अनुसार थप ३४ करोड लिटर पानी उपत्यका भित्रिनेछ । त्यसका लागि मेलम्ची नदिको मुहानबाट माथी ११ किलोमिटर लामो सुरुङ निर्माण गर्नुपर्नेछ ।

यी दुई नदिको पानी मिसिएपछि मेलम्ची खानेपानी आयोजनाले उपत्यकाबासीलाई दैनिक ५१ करोड लिटर पानी उपलब्ध गराउनेछ । त्यसका लागि सुन्दरीजलस्थित पानी प्रसोधन केन्द्रको क्षमता थप ३४ करोड लिटर विस्तार गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.