सिद्धार्थ बैंकको नाफा १०९ प्रतिशतले बढ्यो, तीन महिनामा नाफा ३५ करोड

  २०७३ कार्तिक २२ गते ११:२७     विकासन्युज

काठमाडौं २२, कात्तिक । सिद्धार्थ बैंकको नाफा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १०९ प्रतिशतले बढेको छ । यो बैंकले तीन महिनामै ३५ करोड ९६ लाख रुपैयाँ नाफा गरेको छ । यस्तो नाफा गत वर्ष सोही अवधिको तुलनामा १७ करोड २० लाख रुपैयाँ थियो ।siddhartha_bank

बैंकको गत असोजसम्मको निक्षेप संकलन ७० अर्ब रुपैयाँ रहेको छ भने यसले बैंकको ऋण लगानी ५८ अर्ब ९३ करोड रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी ३ अर्ब ३७ करोड रुपैयाँ रहेको यो बैंकको जगेडा कोषमा ३ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।

यो बैंकको सीडी रेसियो ७८ दशमलव ३० प्रतिशत रहेको छ । खराव कर्जा १ दशमलव ५९ प्रतिशत रहेको यो बैंकको प्रति सेयर आम्दानी ४७ रुपैयाँ ६१ पैसा रहेको छ । यो बैंकको प्रतिसेयर ११ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.