घुमफिर वर्षको प्रवद्र्धन गर्न पर्यटकीय प्याकेज, संस्थाको सहकार्यमा पर्यटकीय प्याकेज

  २०७३ कार्तिक २१ गते ८:३०     विकासन्युज

काठमाडौं २१, कात्तिक ।  नेपालको आन्तरिक पर्यटक प्रवद्र्धन गर्न घुमफिर वर्षको औचित्य पुष्टि गर्न नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय संस्थाको सहकार्यमा पर्यटकीय प्याकेज निर्माण गर्न थालेको छ ।

नेपालमा विभिन्न पर्यटकीय गन्तव्यको प्रवद्र्धनात्मक प्याकेज बनाउन थालिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताए । उनका अनुसार पर्यटकीय गतिविधि बढाउन र व्यवसायीक प्याकेज लिएर पर्यटकीय गन्तव्यमा जाने उत्साह बढाउन पनि बोर्डले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटकीयगतिविधि बढाउने अभियान गरेको हो ।
Tourism
पर्यटन बोर्डले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालसँगको सहकार्यमा प्याकेज सार्वजनिक गरेको हो । यस्तो पर्यटकीय प्याकेजमा पर्यटकीय संस्थाले बनाएर प्रवद्र्धन गर्न अनुरोध गरेका र बोर्डसँगको सहकार्यमा निर्माण भएकै प्याकेज रहेको पनि बोर्डले जानकारी दिएको छ ।

धेरैले घुमफिर वर्षलाई नै दृष्ट्रिगत गरेर प्याकेज ल्याउन अनुरोध गरेकोले औपचारिक रूपमै पर्यटकीय प्याकेज ल्याउन थालिएको नेपाल पर्यटन बोर्डका बरिष्ठ अधिकृत सुधन सुवेदीले बताए । उनका अनुसार बोर्डले नेपालको सबै अञ्चलको पर्यटकीय स्थलहरूलाई समेटेर प्योकज ल्याउने प्रयास गरेको छ ।

व्यवसायीलाई पनि संघीयताको संरचना अनुसार नै प्याकेज निर्माण गर्न अनुरोध गरिएको जानकारी पनि सुवेदीले दिए । आन्तरिक पर्यटकीय प्याकेज ल्याउने र पर्यटन प्रवद्र्धन गर्ने विषयमा सबै पर्यटकीय गन्तव्यको महत्व बराबरी नै हुने भएपनि घुम्न जानेको रोजाइमा गन्तव्य पहिचान छिटो हुने बोर्डको भनाइ छ ।

बोर्डले तयार पारेको पहिलो चरणको प्याकेजमा हलेसी महादेव दर्शन टुर, जनकपुरधाम, पाथिभरा मन्दिरको भ्रमण, खप्तड टुर, लुम्विनी–स्वर्गद्वारी भ्रमणका टुुर, रारा टुर रहेका छन । यी पर्यटकीय प्याकेज नाट्टा र सोट्टोको सहकार्यमा तयार भएका हुन । ट्रेकिङ, राफ्टिङ, होमस्टे, क्यानोनिङसहितका पर्यटकीय प्याकेजपनि सम्वन्धित संस्थाको सहकार्यमा आउने बोर्डले जानकारी दिएको छ ।

बोर्डले आफ्नो वेवसाइटमार्फत यस्तो प्योकजको जानकारी दिने र सम्वन्धित पर्यटकीय संस्थामार्फत प्याकेज खरिद गर्न सकिने बताएको छ । पर्यटन बोर्डले र पर्यटन व्यवसायीको संयुक्त पहलमा नेपालभरका सबै पर्यटकीय गन्तव्यमा भ्रमण प्याकेज तयार पार्दै जाने जानकारी पनि दिएको छ । पर्यटकीय गन्तव्यको घुमघाम र भ्रमणका लागि न्युनतम एक दिनदेखिको पर्यटकको रुची अनुसारको महिना दिनसम्मको पर्यटकीय प्याकेज तयार पार्ने पनि उल्लेख छ ।

घुमफिर वर्ष २०७३ संचालमा रहेको र आन्तरिक पर्यटक प्रवद्र्धन गर्न पनि यस्तो प्याकेज आवश्यक भएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष मधुसुदन आचार्यले जानकारी दिए । उनका अनुसार हाल जुनसुकै गन्तव्यमा जान पनि स्वतन्त्र रूपमा जाने गरिएकोमा त्यसलाई ट्राभल एजेन्सीमार्फत जाने र पर्यटकीय प्याकेजका रूपमा बिक्री गरिने पनि बताए ।

सबै पर्यटकीय गन्तव्यको भौगोलीक अवस्था, हावापानी, बस्ने, खाने सुविधा र भैपरि आउनसक्ने यात्राका समस्यासहितका विषयमा स्पष्ट जानकारीसहितको प्याकेज नै आन्तरिक पर्यटकको अहिलेको आवश्यकता भएको पनि नाट्टाको भनाइ छ । आन्तरिक पर्यटन भ्रमणको प्याकेजका रूपमा एउटा व्यवसायीक संस्थाले बनाएको प्याकेजलाई अर्कोसँग गरेर प्रचार गर्ने पनि उल्लेख छ । अन्नपूर्ण पोस्टबाट  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.