रत्नपार्क र पुतलीसडक सबैभन्दा धेरै प्रदूषित, राजधानीमा विहान र बेलुका धेरै प्रदूषण

  २०७३ कार्तिक १२ गते ७:५८     विकासन्युज

काठमाडौं १२, कात्तिक । राजधानीको रत्नपार्क र पुतलीसडक क्षेत्र सबैभन्दा धेरै प्रदूषित छन् । वातावरण विभागले राखेको वायु प्रदूषण मापन केन्द्रको तथ्यांकले यी क्षेत्रमा सबैभन्दा धेरै प्रदूषण देखाएको हो । दुवै क्षेत्र सवारीसाधनको अत्यधिक चाप हुने स्थान हो ।

रत्नपार्क क्षेत्रमा एक हजार चार सय ४ क्युबिक प्रदूषण
सामान्यतः एउटा मापन केन्द्रले १० किलोमिटर क्षेत्रसम्मको वायुको अवस्थाको अध्ययन गर्न सक्छ । प्रदूषण सन्तुलनमा हुन एक सय २० क्युबिक हुनुपर्दछ । तर, रत्नपार्क क्षेत्रमा प्रदूषण एक हजार चार सय चार क्युबिकसम्म पुगेको छ । पुतलीसडकमा तीन सय पाँच दशमलव दुई क्युबिक प्रदूषण रहेको छ । जुन निकै बढी हो । kathmandu_city

भक्तपुर क्षेत्रमा एक सय ४० दशमलव ३५ क्युबिक
कम प्रदूषण हुने गरेको छ । तर, कीर्तिपुर र मच्छेगाउँ क्षेत्रमा ६० दशमलव ३३ क्युबिक प्रदूषणरहित रहेको छ ।

पुल्चोक र धुलिखेलको तथ्यांक आएन
वातावरण विभागले ललितपुरको पुल्चोक, काभ्रेको धुलिखेल र रत्नपार्कमा वायु प्रदूषणसम्बन्धी मापन केन्द्र राखेको छ । तर, पुल्चोक र धुलिखेलको तथ्यांक आउन सुरु गरेको छैन । रत्नपार्कमा सञ्चालनमा रहेको मापन केन्द्रले आफ्नो क्षेत्रको बारेमा तथ्यांक दिन थालेको छ ।

तीन स्थानको मापन केन्द्र सञ्चालन गर्न २५ लाख
स्वास्थ्य अनुसन्धान परिषद्ले ०७१(७२ मा एक वर्ष समय लगाएर अनुसन्धान गर्दा राजधानीको वायु अत्यन्तै प्रदूषित रहेको तथ्य बाहिर ल्याएको थियो । वायु प्रदूषण मापन गर्न पुतलीसडक, ललितपुरको महालक्ष्मीस्थान, भक्तपुरको जगातीमा राखिएको स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा। खेम कार्कीले बताए । तीनवटा मापन केन्द्रको मेसिन जडान गर्न १७ लाख रुपैयाँ लागेको थियो । अरू प्राविधिकलगायत अपरेटिङ खर्च २५ लाखभन्दा धेरै भएको कार्कीले बताए ।

बिहान र बेलुकाको वातावरण प्रदूषित
काठमाडौं उपत्यका भएकाले एक ठाउँको प्रदूषण स्वाभाविकै रूपमा सबै क्षेत्रमा पुग्ने स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव कार्कीले बताए । ‘एक ठाउँमा भएको प्रदूषण सबै ठाउँमा रुमलिएर जाने भएकाले जताततै प्रदूषित हुन्छ,’ उनले भने । उपत्यकामा गाडीको धेरै चाप हुने चक्रपथ क्षेत्रमा अत्यधिक प्रदूषण हुने गरेको कार्कीले बताए । उपत्यकामा सबैभन्दा धेरै प्रदूषित वातावरण बिहान र बेलुका हुने गरेको अनुसन्धानले देखाएको छ । नयाँ पत्रिका दैनिकबाट।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.