पुनर्विमामा पौने तीन अर्ब खर्च, १२ प्रतिशतले बढ्यो पुनर्बिमा रकम

  २०७३ कार्तिक ९ गते ९:०६     विकासन्युज

काठमाडौं ९, कात्तिक । पुनर्विमा गरेवापत नेपालबाट बर्षेनी ठूलो रकम बाहिरिने क्रमलाई रोक्न नेपालले मुलुकभित्रै संचलन गरेको पुनर्विमा कम्पनी भएपनि पैसा वाहिरिने क्रम भने रोकिएको छैन ।reinsurance-1

गत आर्थिक वर्ष २०७२र ७३ मा विमा कम्पनीहरुले पुनर्विमाका लागि २ खर्ब ७० करोड रुपैयाँ खचिएका छन् ।

यो रकम अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले बढी हो । अघिल्लो आवमा भने कम्पनीले २ अर्ब ४१ करोड रुपैयाँको पुनर्बिमा गरेका थिए ।

बिमा कम्पनीहरूले आफैंले बहन गर्नसक्ने भन्दा बढी दायित्व भएमा अर्को कम्पनीमा गर्ने बिमालाई पुनर्बिमा गर्दछन् । वित्तीय संकटबाट सुरक्षित हुन बिमा कम्पनीहरूले पनि पुनर्बिमा गर्नुपर्ने प्रावधान छ ।

नेपालका बिमकहरूले भारत, सिंगापुर, मलेसिया, फ्रान्सलगायतका मुलुकका पुनर्बिमा कम्पनी वा ब्रोकरमार्फत पुनर्बिमा गर्दै आएका छन् ।

तर, गत वर्षदेखि भने कम्पनीहरूले अनिवार्य रूपमा आफ्नो दायित्वको ५ प्रतिशत रकम नेपालकै पुनर्बिमा कम्पनीमा पुनर्बिमा गनुपर्ने प्रावधानअनुसार बिमा गर्न थालेका छन् ।

सरकारले ५ प्रतिशत अनिवार्य गरे पनि केही कम्पनीहरूले भने १५ प्रतिशतसम्म पुनर्बिमा गरेको पुनर्बिमा कम्पनीले बताएको छ । कम्पनीहरूले आफ्नो दायित्व जोखिमको अवस्था हेरेर पुनर्बिमा गर्दछन् ।

जोखिम अधिक भएको अवस्थामा सोहीबमोजिमको पुनर्बिमा गर्नुपर्ने बिमाविज्ञ भोजराज शर्माले बताए । बिमा कम्पनीहरूले जारी गर्ने बिमालेखमध्ये निर्जीवन बिमा कम्पनीले जारी गर्ने बिमालेखमा बढी जोखिम हुने समितिका सहायक निर्देशक राजेन्द्र महर्जनले बताए ।कारोबार दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.