चिनियाँ अर्थतन्त्र संसारकै ठूलो, चिनिया अर्थतन्त्रको आधार ११ हजार अर्ब डलर

  २०७३ कार्तिक ३ गते ११:३०     विकासन्युज

काठमाडौं ३, कात्तिक । अमेरिकालाई पछाडि पार्दै चीन संसारकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्न सफल भएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार १ सय ४४ वर्षपछि अमेरिका दोस्रो स्थानमा पुगेको हो।

चीनको अर्थतन्त्र ११ हजार अर्ब अमेरिका डलरबराबर पुगेको समाचार बुधबारको नागरिक दैनिकमा समाचार छापिएको छ । प्रतिस्पर्धी अमेरिकाको अर्थतन्त्र भने १० हजार ८ सय अर्ब डलरमा अडेको छ । कोषले चीनको अर्थतन्त्र सन् २०१९ सम्ममा बढेर १६ हजार ७ सय अर्ब डलर पुग्ने अनुमानसमेत गरेको छ ।china-city

कोषका अनुसार सन् १८७२ मा अमेरिकाले बेलायतलाई उछिनेर संसारकै सबैभन्दा ठूलो अर्थतन्त्र बनेको थियो । त्यसयता निरन्तर अमेरिका पहिलो स्थानमा रहँदै आएको छ ।

पहिलो पटक अमेरिकी अर्थतन्त्र दोस्रो स्थानमा झरेको हो । पछिल्ला दशक चीनमा तीव्र गतिले वृद्धि भएको औद्योगिकीकरणले अर्थतन्त्र मजबुत हुँदै आएको छ ।

तीन वर्षपछि चिनियाँ अर्थतन्त्र अमेरिकाको दाँजोमा २० प्रतिशतले ठूलो हुने कोषको प्रक्षेपण छ । त्यसबेला चिनियाँ अर्थतन्त्र १६ हजार ७ सय अर्ब डलरबराबर पुग्ने छ भने अमेरिकी अर्थतन्त्र १३ हजार ८ सय डलरबराबर मात्र हुने कोषको तथ्यांकले उल्लेख गरेको छ ।

कोषले तयार पारेको तथ्यांक ‘सर्वसाधारणको क्रय शक्ति’ मा आधारित छ । यसको अर्थ अमेरिकामा भन्दा चीनमा उपभोग्य सामान सस्तो रहेको बुझिन्छ । तर, निर्वाह खर्चलाई आधार मान्ने हो भने चीनको अर्थतन्त्र अझै पनि अमेरिकाको भन्दा सानो रहेको कोषको भनाइ छ । यसबाट हेर्दा चिनियाँ अर्थतन्त्र ६ हजार ४ सय अर्ब डलरबराबर मात्र रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.