दसैं जहाजमै मनाउछु-क्याप्टेन विजय लामा

  २०७३ असोज २४ गते ११:१८     विकासन्युज

विजया लामा, क्याप्टेननेपाल वायुसेवा निगम

विजया लामा, क्याप्टेननेपाल वायुसेवा निगम

नेपाल वायुसेवा निगमका वरिष्ठ विमान चालक क्याप्टेन विजय लामाले निगमकै जहाज २९ वर्ष उडाइसकेका छन् । स्पष्ट वक्ता, मिलनसार र सार्वजनिक व्यक्तित्व लामा दसैंको समयमा अरूको खुशीमा रमाउने गरेका छन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको जहाज उडाएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा पुग्ने गरेको उनै लामासँगको विकासन्युजले गरेको यो वर्षको दसैं वार्ता :

दसैं कसरी मनाउनुहुन्छ ?

मेरो दसैं भनेकै आम नेपालीको दसैं हो । जहाजमा उड्ने र जहाजमा नेपाली यात्रुलाई सेवा दिँदैमा दसैं बितेको पत्तै हुँदैन । विगत २९ वर्षदेखिको मेरो दसैं कहिले जहाज त कहिले देश बाहिर (जहाज उडाउने क्रममै) हुनेगर्छ । अहिलेसम्म कुनै पनि दसैं आनन्दले बसेर मनाउँन पाएको छैन, दसैं मनाउन नपाएको र परिवारलाई समय दिन नपाएको कुनै गुनासो पनि छैन ।

अधिकांश नेपाली दसैंमा परिवसारसँग बसेर रमाइलो गर्छन्, तपाईको मनमा पनि कहीँ न कतै परिवारसँग दसैं मनाउन नपाएकोमा खल्लो महसुस होला नि ?

पेशाले पाइलट भएपछि म जहाज उडाउँदिन, घरमा दसैं मनाएर बस्छु भन्न मिलेन । म एक जनाको सेवाले सयौ नेपाली दाजुभाई दिदीबहिनीले दसैं मनाउन पाएका छन् । आम नेपालीको खुशी नै मेरो खुशी हो । मेरो दसैं तिहार भनेकै सधै जहाजकै उडान सफल रूपमा सम्पन्न गर्नुमा हुन्छ ।

उसो भए, यसपाली दसैंको टीकाको साइत जहाजमै हुन्छ ?

यो वर्ष र हरेक वर्ष जहामा नै हुन्छ । जहाज उडानकै क्रममा दसैंको टीकाको साइत परेको हुन्छ । यो वर्ष भने म अघिल्लो दिन काठमाडौंबाट जहाज उडाएर दुबई पुगेको हुन्छु । दसैंको टिकाको दिन दुबईबाट आउनुपर्ने भएकोले साईतको बेला म उतै हुन्छु ।

टीका त लगाउनुहुन्छ नि ?
bijya-lama_nac
लगाउँछु । हरेक दिन शुभ यात्राको कामना गर्दै र हरेक वर्ष दसैंमा टीका लगाउँछु । मलाई टीका मन पर्छ । दसैंको टीका पनि लगाउँछु । नेपाली दाजुभाइसँग भेटघाट गर्ने र रमाइलो मान्दै उहाँहरूबाट नै टीका लगाउने गर्छु । मलाई नेपाली दाजुभाइले निकै माया गरेर टीका लगाउँन आग्रह गर्नुहुन्छ । मलाई जसले लगाइदिए पनि खुशीसाथ लाउने गरेको छु । नेपाल बाहिर हुँदा गैर आवासीय नेपाली संघ तथा नेपालीको समूह भएको ठाउँमा पुगेर लगाउने गरेको छु । मेलै एक जनाले दशमीको टीका घरमा नलगाएर उडान गर्दा धेरै नेपालीको निधारमा टीका लाग्छ । धेरै जना नेपालीको खुशी मेरो पनि खुशी हो ।

तपाईको घर काठमाडौं मै छ । समय मिलाएर घर त जानुहुन्छ होला नि दसैमा ?

म दसैं मूख्य दिन फूलपाती, अष्टम, नवमी र दशमी सबै दिने फ्लाइटमा नै हुन्छु । बैंकक, हकङकङ, क्वालालम्पुर, दुवाई उडान गरेर बसिरहेको हुन्छ । आफ्नो परिवारसँग अष्टमीको दिन विहान खान भ्यान्छ कि भन्ने आशा छ । त्यसमा पनि क्याप्टेन स्याण्डवाई बसिरहुपर्ने भएकोले नभ्याइन पनि सक्छ । मलाई राष्ट्रिय ध्वजाबाहक उडाउनुमै मज्जा छ । कुनै दुखेसो र गुनो छैन ।

परिवारका सदस्यहरु कहाँ हुनुहुन्छ ?

बुबा, दिदी र श्रीमती काठमाडौं नै हुनुहुन्छ । दाई र भाई अमेरिकामा हुनुहुन्छ । दुई छोरीहरू एकजना न्यूयोर्क र अर्की इटाली छन् ।

क्याप्टेन विजय लामालाई भेट्ने अनि कुरा गर्न चाहनेलाई भेट्दा कस्तो लाग्छ ?

मलाई भेट्न चाहने धेरै नेपाली हुन्छन् । म पनि सबैसँग घुलमिल हुन चाहन्छु । हात मिलाउँछु, मलाई धेरै नेपालीले माया गर्नुहुन्छ । जहाजमा नेपालीले भेट्ने कुरा गर्ने, फोटो खिच्ने गर्छन्, मलाई रमाइलो लाग्छ ।

धेरै नेपालीले तपाईलाई माया गर्छन, तर नेपाल वायु सेवा निगमले पटक पटक तपाईलाई कारकाही गर्छ भन्ने सुनिन्छ नि ?

म आफूले जानको र देखेको कुरालाई कहिल्यै लुकाउँदिन । मलाई झुटो बोल्न पनि आउँदैन । म मिडियाका साथीहरूसँग पनि नजिक छु । उहाँहरूले सोधेको कुरा भनिदिने र सत्य बोलेकै कारण बेलाबेलामा कार्यालयले स्पष्टीकरण सोध्छ । कारवाही गर्न खोज्ने पनि गर्छ । मैले कारवाही गर भन्छु । आफ्नो हतियार नै शुभचिन्तक हुन । नचाहिँदो कुरा बोलेको छैन, भएकै कुरा बोल्दा र साँचो बेल्दा कारवाही वा कसैले गाली गर्छ भने मलाई स्वीकार्य छ । तर अहिलेसम्म कारवाही गरेको भने छैन ।

तपाई जस्तै सबै पाइलटहरुको दसैंमा जहाजमा नै मित्ने हो ?

कतिपयले मेरो घरमा पार्टी छ, म जहाजमा उड्दिन पनि भन्ने गरेका छन् । दसैमा परिवारसँग बस्न नपाएकोमा गुनासो गर्ने पनि छन् । घर जान पाए हुन्थ्यो भनेर आफ्नो ड्यूटी मिलाएर जाने त सामान्य हो । तर, कसैलाई चाहिँ यो उडान गर्छु, यो उडान गर्दिन भन्ने भावना पनि आउँदो रहेछ । त्यस्तो अवस्थामा ड्यूटीको समय सकेसम्म मिलाउने गरिएको छ ।

तपाईको कमाई चाँही कति हुन्छ ?

विश्वमै कम आम्दानीमा जहाज उडाउने संस्था नेपाल वायुसेवा निगम हो । आम्दानी कम हुन्छ । विदेशमा बढी हुन्छ । तर नेपाल वायुसेवा निगमका पाईलट, कर्मचारीले सन्तुष्टिका साथ गरेका हुन्छन । आफ्नो देशप्रतिको माया र नेपालमै केही गरौं भन्ने चाहनाले मात्रै यहाँ बस्ने गरेका छन् । आम्दानी, सेवा सुविधा हेर्ने हो भने त नेपालभन्दा बाहिर पाइटलाई मात्रै हैन अरुलाई पनि राम्रो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.