रत्नपार्कमा पनि पाइन्छन् नयाँ नोट

  २०७३ असोज १६ गते १४:३२     विकासन्युज

काठमाडौं, १६ असोज । राम्रो लाउने र मिठो खाने चाडका रुपमा परिचित दशैंमा पछिल्लो समय नयाँ नोटले छुट्टै महत्व पाउँदै आएको छ । नयाँ नोटप्रति नागरिकको चासोलाई सम्बोधन गर्नकै लागि नेपाल राष्ट्र बैंकले दशैंमा बिभिन्न बैंक तथा वित्तिय संस्था र आफ्नै क्षेत्रिय कार्यालयहरुबाट नयाँ नोट वितरण गर्दै आएको छ । राष्ट्र बैंकले एक जना व्यक्तिलाई बिभिन्न दरका ३७ हजार रुपैंयाँसम्म नयाँ नोट उपलब्ध गराउँदै आएको छ ।

new_note_at-ratna_park
तर आजकल नयाँ नोट बैंक तथा वित्तिय संस्था र केन्द्रिय बैंकका क्षेत्रिय कार्यालयहरुमा मात्रै नभएर रत्नपार्कमा समेत पाउन थालिएको छ । दशैं नजिकिँदै गर्दा रत्नपार्कमा नयाँ नोट साटिदिने व्यक्तिहरु देखा पर्न थालेका छन् । उनीहरुले एक हजार रुपैयाँको नयाँ नोट साटिदिए वापत ५० रुपैंयाँ कमिसन लिने गरेका छन् ।

यसरी नयाँ नोट बाढ्नु गैर कानुनी भएपनि दशैंमा नयाँ नोटको महत्वलाई यसले दर्शाउँछ । जे भएपनि देशमा नयाँ नोटको क्रेज भने बढिरहेको देखिन्छ । नेपाल राष्ट्र बैंकले असोज १६ गते अर्थात आजकै दिनदेखि नयाँ नोट निष्काशन आरम्भ गरेको हो । केन्द्रिय बैंकले ५, १०, २०, ५०, १००, ५०० र १००० दरका नयाँ नोट बजारमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.