अरनिको डेभलपमेन्ट बैंकले १७ प्रतिशत बोनस सेयर दिने

  २०७३ असोज ४ गते ६:४७     विकासन्युज

araniko_dev_banklogoकाठमाडौं, ४ असोज । अरनिको डेभलपमेन्ट बैंकले सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

उक्त निर्णय सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको छ । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउने छन् ।

हाल बैंकको चुक्ता पूँजी २४ करोड २५ लाख रुपैयाँ रहेको छ भने बोनस सेयर पश्चात बैंकको पूँजी २८ करोड ३७ लाख रुपैयाँ पुग्ने छ । मंगलबार बैंकको प्रति कित्ता सेयर ४५३ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.