नेपाल भ्रमण उच्च प्राथमिकतामा: चिनियाँ राष्ट्रपति, भारतकै योजनाअनुरूप नै प्रहरी प्रतिष्ठान

  २०७३ भदौ २७ गते २:३२     विकासन्युज

काठमाडौं २७, भदौ । आगामी असोज महिना हुने भनिएको नेपाल भ्रमण स्थगन भए पनि चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

चीनको स्वशाषित क्षेत्र तिब्बतस्थित चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुख वु इङ जेईले उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग ल्हासामा शनिबार भएको भेटमा राष्ट्रपति सीको नेपाललगायत छिमेकी उच्च प्राथमिकतामा रहेको सन्देश सुनाएका हुन् ।chiines -president

उनले चिनियाँ राष्ट्रपतिले छिमेकीसँगको सम्बन्धलाई महत्व दिँदै अघि सारेको पेरिफेरल पोलिसीु अन्तर्गत नेपालसँगको सम्बन्ध महत्वमा रहेको बताए । भेटका क्रममा मन्त्री महराले नेपाल र चीनबीच उच्चस्तरीय भ्रमण चाँडै हुने अपेक्षा नेपालको रहेको बताएका थिए ।

ुकूटनीतिक माध्यमबाट चीनबाट उच्चस्तरीय भ्रमण गर्न चीन र हामीबीच गृहकार्य भइरहेको छ । हामी आशावादी छौं, भ्रमण हुनेछु, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित भएकोतर्फ इंगित गर्दै महराले भेटमा भने । तर उनले स्पष्ट रूपमा भ्रमण किन स्थगित भएको भन्नेबारे चिनियाँ नेतासँग सोधेनन् भन्ने समाचार सोमबारको अन्नपूर्ण पोष्टमा छापिएको छ ।

चिनियाँ राष्ट्रपति भारतको गोवामा असोज अन्तिम साता हुने भनिएको ब्रिक्सु सदस्य देशहरूको शिखर सम्मेलनमा सहभागी हुन जाँदा वा फर्किने क्रममा नेपाल भ्रमण गर्ने गरी गृहकार्य भइरहे पनि चिनियाँ पक्षले नेपालले वान रोड वान बेल्टु परियोजनामा प्रतिबद्धता जनाउन नसकेको तथा गृहकार्य राम्रो गर्न नसकेको भन्दै भ्रमण स्थगित गरेको छ । यद्यपि चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएकोबारे सरकारी अधिकारीहरू खुलेर बोल्न चाहँदैनन् ।

मोदी र मेरो केमेस्ट्री मिल्छः प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘केमेस्ट्री’ मिल्ने बताएका छन् । भारत भ्रमणको पूर्वसन्ध्यामा हिन्दुस्तान टाइम्सको हिन्दी संस्करणलाई दिएको अन्तर्वार्तामा दाहालले मोदी र आफ्नो बीचमा वैचारिक तथा अन्य पक्षमा फरकपन भए पनि सोचाइ र केही विषयमा समानता रहेको बताएका छन् ।
pm_prachanda
दाहालले आफूजस्तै मोदी पनि खतरा मोल्न चाहने र परम्परागतभन्दा फरक ढंगले काम गर्ने नेता एवं प्रधानमन्त्री भएको समेत बताए । ‘बहुमतको साथ निर्वाचित भएका मोदी एक बलिया प्रधानमन्त्री हुन् ।

नेपाली जनता मोदीलाई निकै विश्वास गर्छन् । हामीले यो विश्वासलाई अझ सुदृढीकरण गर्न ध्यान दिनुपर्छ,’ दाहालले भनेका छन् । सोमबारको कान्तिपुरमा समाचार छापिएको छ।

भारतकै योजनाअनुरूप नै प्रहरी प्रतिष्ठान

प्रहरी प्रतिष्ठान निर्माणमा भारतीय परामर्सदाता नियुक्ति गर्न नेपालले स्वीकृति जनाएको छ । व्यवस्थापकीय जिम्मेवारी नपाए अनुदाननै रोक्ने भारतीय चेतावनीपछि नेपालले करिब ९ अर्ब रूपैयाँ लागतको प्रतिष्ठान निर्माणमा भारतीय परामर्सदातालाई नियुक्त गर्ने सहमति जनाएको छ ।
यसँगै गुरूयोजना निर्माण कार्यसम्पादनसम्बन्धी निरीक्षणरसुपरिवेक्षण तथा खर्च चरिचालन लगायत भूमिकामा भारतको प्रत्यक्ष संलग्नता रहनेछ । नयाँ दिल्लीमा शुक्रबार सकिएको नेपाल भारत गृहसचिवस्तरीय बैठकमा यस सम्बन्धी औपचारिक सहमति भएको समाचार सोमबारको कारोबार दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.