सेञ्चुरी बैंकले कमायो ३८ करोड २६ लाख

  २०७३ साउन २५ गते ५:३५     विकासन्युज

century_bankकाठमाडौं, २५ साउन । सेञ्चुरी कमर्सियल बैंकले २०७३ असार मसान्तसम्मा ३८ करोड २६ लाख नाफा कमाएको छ । यो नाफा बैंकले २०७२ असार मसान्तसम्ममा कमाएको भन्दा १२ करोड १८ लाखले बढि हो । बैंकले २०७२ असार मसान्तसम्ममा जम्मा २६ करोड ८ लाख नाफा कमाएको थियो ।

२ अर्ब ८४ करोेड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५३ करोड २६ लाख रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी १३ रुपैंयाँ ४७ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ ११८ रुपैंयाँ ७५ पैसा रहेको छ । बैंकले २०७३ असार मसान्तसम्ममा २८ अर्ब ९६ करोड निक्षेप संकलन गरेर २५ अर्ब ८ करोड कर्जा तथा सापटी प्रवाह गरेको छ ।

२ अर्ब १ करोड ब्याज आम्दानी गरेको बैंकले एक अर्ब १३ करोड ब्याज खर्च गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.