जेडटीई मोबाइल बजारमा सार्वजनिक

  २०७३ साउन २० गते ८:०१     विकासन्युज

काठमाडौं, २० साउन । जेडटीई कर्पोेरेशनले नेपाली बजारमा तीन नयाँ मोडलका स्मार्ट फोन सार्वजनिक गरेको छ । कम्पनीले राजधानीमा आयोजित एक विशेष कार्यक्रममा सो मोबाइल सार्वजनिक गरेको हो ।

zte-mobile

कम्पनीले सार्वजनिक गरेका व्लेड सिरिजका तीन नयाँ मोडलमा एस–६, डी–२ र डी–३ छन् । यी मोबाइल बिक्रीका लागि कम्पनीले इभोलुसन इन्टरप्राइज प्रा.लि.लाई आधिकारीक बिक्रेता नियुक्त गरेको छ । युवा पुस्ताको मागलाई ध्यानमा राख्दै कम्पनीले अत्याधुनिक सुविधा सम्पन्न यी तीन मोडेल नेपाली बजारमा भित्रयाएको जनाएको छ ।

कम्पनीका अनुसार व्लेड एस–६,मोडेल एन्ड्रोइड –एल मोवाइल फोन हो । ५ इन्चको एचडी डिस्प्ले र ७.७ एमएम मोटाइ रहेको छ । यसले १३ मेगापिक्सेल सोनी आईएमएक्स–१४, १६ जीवी र्याम, २ जीवी रोम रहेको छ । यसको बजार मूल्य १५ हजार ९ सय ९० रुपैयाँ रहेको छ । यस्तै अर्को मोडल डी–२ मोबाइलको । ५ इन्चको एचडी डिस्प्ले रहेको छ । यसमा ८ मेगा पिक्सेल क्यामेरा रहेको छ ।

कम्पनीले जनाए अनुसार यस मोबाइलको बजार मूल्य १० हजार ९ सय ९० रुपैयाँ रहेको छ । अर्को मोडल व्लेड डी ३ मोबाइल हो । यसको बजार मूल्य १२ हजार ५ सय रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.