हिमालय एअरलाइन्सको ग्लोबल डिस्ट्रिव्यूटर पार्टनरमा अमेडियस

  २०७३ साउन ११ गते १०:१२     विकासन्युज

काठमाडौं, ११ साउन । हिमालय एअरलाइन्सले स्तरीय बुकिंङ सेवा प्रदान गर्नको लागि अमेडियससँग टिकट वितरण सम्बन्धि सम्झैता गरेको छ । अमेडियस ट्राभल क्षेत्रमा उन्नत प्रविधिको माध्यमद्धारा सेवा प्रदान गर्ने एक अग्रणी सेवा प्रदायक सँस्था हो । ट्राभल एजेन्टहरुको व्यापक सञ्जाल समेट्न तथा आफ्नो टिकट भाडादर, समय तालिका र उपलब्धता बारे जानकारी दिनको लागि एअरलाइन्स्ले पहिलो पटक ग्लोबल डिस्ट्रिव्यूसन सिस्टम साझेदारको रुपमा अमेडियसलाई छनौट गरेको हो ।

Logo-of-Amedeusनेपाल–चीनको सँयुक्त लगानीमा सञ्चालित एअरलाइन्सले २०७३ जेठ १८ देखि कतारको दोहामा आफ्नो पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरु गरेको थियो । निकट भविष्यमा दिल्ली, ल्हासा, चेंगदू, बेइजिङ, कोलम्बो, बैंकक, हंगकंग र दामाममा पनि उडान गर्ने एयरलाइन्सको योजना रहेको छ । हिमालय एअरलाइन्स र अमेडियस बिच टिकट वितरण सम्झौता हुनु भनेको अमेडियस सम्बद्ध विश्वका कुनै पनि ट्राभल एजेन्सिजहरुमा एअरलाइन्स्को टिकट भाडादर, सिट र समय तालिका लगायतको पूर्ण विवरण जानकारी उपलब्ध गराउनु हो ।

सम्झौता बारे टिप्पणी गर्दै एअरलाइन्सका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठ, भन्छन्,“ हिमालय एअरलाइन्स भर्खरै मात्र आफ्नो यात्रा शुरु गर्दैछ र यसको उज्वल भविश्यलाई लिएर हामी सकारात्मक छौँ । हामी आफ्नो उडान र नेटवर्क विस्तार गर्दै एअरलाइन्सको विकास गर्ने योजनाको साथ अगाडि बढिरहेका छौँ । विश्वभरीका यात्रुहरुलाई हाम्रो सेवाहरुको बारेमा सूचना प्रवाह गर्नको लागि ट्राभल एजेन्सी च्यानल अपरीहार्य छ । हामी विश्वस्त छौँ कि अमेडियसलाई ग्लोबल डिस्ट्रिव्यूसन सिस्टम पार्टनरको रुपमा चयन गरेर हामीले राम्रो विकल्प रोजेका छौँ । अमेडियसले विविध किसिमको आवश्यकता तथा विशेषता बोकेको ट्राभल एजेन्सीहरुलाई एउटै मञ्चमा ल्याएर काम गर्ने हुँदा हामी उनीहरु सँग काम गर्न निकै उत्साहित छौँ । ”

अमेडियस एअरलाइन्स् एशिया प्यासिफिकका व्यवसायिक कार्यकारी उपाध्यक्ष हाजिम हुसेन, भन्छन् “ यस क्षेत्रमा एक नयाँ एअरलाइन्स्लाई आफ्नो पार्टनर बनाउन पउँदा हामी निकै उत्साहित छौ र यसको प्रगतिको कामना गर्दै हामी उनीहरुको सेवा लाई विश्वका यात्रुहरुमा पु¥याएर उनीहरु सँग कार्य गर्न निकै उत्साहित छौँ ।” अमेडियस सिस्टमद्धारा बुक गर्न मिल्ने ४७४ भन्दा बढि एअरलाइन्सको सूचिमा हिमालय एअरलाइन्स् पनि सामेल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.