१० कम्पनीलाई आइक्यान अवार्ड

  २०७३ साउन ९ गते ८:००     विकासन्युज

ican_krishnarajकाठमाडौं, ९ साउन । नेपाल चाटर्ड एकाउन्टन्ट्स संस्था(आइक्यान)ले बर्षभरी उत्कृष्ठ वित्तिय प्रतिवेदन तयार पर्ने १० कम्पनीलाई पुरस्कृत गरेको छ । सन २०१५ मा राम्रा वित्तिय प्रतिवेदन तयार पारेका १० कम्पनीलाई आइक्यानले पुरस्कृत गरेको हो ।

जसमा वित्तिय क्षेत्र तर्फ कैलाश विकास बैंक उत्कृष्ठ वित्तिय प्रतिवेदन तयार पार्ने कम्पनीका रुपमा पुरस्कृत भएको छ भने दोश्रो नम्बरमा नारायणी नेशनल फाइनान्स दोश्रो नम्बरमा परेको छ । यद्यपी यो कम्पनी सानराइज बैंकसँग मर्ज भैसकेको छ ।

बैंक तर्फ सिटिजन्स बैंकले उत्कृष्ठ वित्तिय प्रतिवेदन तयार पर्ने कम्पनीको अवार्ड हात पारेको छ भने नविल बैंक र स्ट्याण्डर्ड चाटर्ड बैंक क्रमशः दोश्रो र तेश्रो भएका छन् । सार्वजनिक संस्थान तर्फ भने गत बर्षझै यसपाली पनि कर्मचारी सञ्चय कोष पुरस्कृत भएको हो ।

बीमा क्षेत्रमा एनएलजी इन्स्योरेन्स उत्कृष्ठ बन्दा जनरल तर्फ नेपाल बुटबल पावर कम्पनी, नेपाल टेलिकम र बोटलर्स नेपाल क्रमशः प्रथम द्धितिय र तृतिय बनेका छन् ।

आइक्यानमा नयाँ नेतृत्व
नेपाली चाटर्ड एकाउन्टेन्ट्सहरुको साझा संस्थाका रुपमा रहेको आइक्यानमा महेश खनालको नेतृत्वमा नयाँ कार्यसमित चयन भएको हो । नयाँ कार्यसमितिले आगामी दुई वर्षसम्म नेतृत्व सम्हाल्नेछ ।

कार्यक्रममा कार्य वाहक महालेखा परिक्षक शुकदेव खत्री, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्की लगायतले लेखा परिक्षण व्यवसायलाई थप व्यवस्थित बनाउनु पर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.