सुमेरु सेभिङ्गको १८औं वाषिर्कोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

  २०७३ साउन ५ गते १०:२१     विकासन्युज

काठमाडौं, ५ साउन । ललितपुरको सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभले आफ्नो स्थापनाको १८ औं वाषिर्कोत्सव मनाएको छ । सुमेरु सहकारी र लायन्स क्लव अफ काठमाडौं सुमेरुको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरी वाषिर्कोत्सव मनाइएको हो ।

raktadaaanलायन्स कल्वका गभर्नर कुमार सुवेदी र सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले संयुक्त रुपमा रक्तदान कार्यक्रमको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा जम्मा ५ सय ३९ जनाले रक्तदान गरेका थिए ।

उक्त कार्यक्रम “सुमेरुको सामाजिक अभियान गरौं रक्तदान गरौं जीवन दान” भन्ने नाराका साथ सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला स्थित सरकारी र गैर सरकारी कार्यालयका पदाधिकारीहरुको उल्लेख उपस्थितीे रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.