भाईवरद्वारा नेपालमा लगानीको घोषणा, कर्पोरेट हाउससँग साझेदारी गर्न इच्छुक

  २०७३ असार ९ गते ९:०८     विकासन्युज

काठमाडौं, ९ असार । विश्वभरी ७ करोडभन्दा बढी प्रयोगकर्ता र नेपालमै ४५ लाख सूचीकृत प्रयोगकर्ताहरुले प्रयोग गर्दै आएको विश्वको अग्रणी मैसेजिङ्ख एप्प भाइवरले नेपालमा लगानी गर्ने घोषणा गरेको छ । विहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दे भाइबर साउथ एशियाका क्षेत्रीय प्रमुख अनुभव नैय्यरले भनेँ भाइवरका लागि नेपाल एक प्रथमिक बजार भएकोले भविष्यमा थप लगानी गर्न र नवीन अफरहरु ल्याउन इच्छुक रहेको बताएका छन् ।

viverसंयुक्त लगानीको लागि धेरै लगानीकर्ता सम्पर्कमा आएको उनले बताए । कति लगानी गर्ने र कोसँग साझेदारी गर्नेबारे उनले खुलाउन चाहेनन् । ‘लगानी हुने रकमबारे म बोल्न चाहान्न । तर हामी नेपालका बैंक, कर्पोरट हाउस, टेलिकम कम्पनी, सञ्चारगृहसँग साझेदारी गर्न चाहान्छौं’ उनले भने ।

“पब्लिक च्याटको सफलतापछि हामी हाम्रो ग्राहकमाझ नयाँ अफर ल्याउने निर्णय गरेका छौँ । प्रयोगकर्ताहरुलाई आफ्नै भाषामा भावना व्यक्त गर्न सजिलो बनाउन हामीले नयाँ र विषेश स्टिकर प्याकहरु सुरु गर्ने निर्णय गरेका छौँ’’ नैय्यरले भने ।

टेलिकम कम्पनीहरुको व्यापार खोस्दै गएको भाईभरले टेलिकम कम्पनीसँग कसरी साझेदारी गर्छ भन्ने प्रश्नमा उनलको तर्क छ –संसारभर सञ्चार सेवा निशुल्क हुनुपर्छ भनेर वहस चलिरहेको छ । कसको आम्दानी कसले खोस्यो भन्दा पनि उपभोक्तालाई सस्तो र गुणस्तरीय सेवा दिने विषय बढी महत्वपूर्ण हो ।

भाईवरले २०७३ सालको सुरुवातदेखी नै स्थानीय भाषामा स्टीकरहरु उपलब्ध गराउँदै आएको छ । नेपालमा प्रचलित सामाजिक मिडिया एप्स्मध्ये भाइवर पनि एक हो र पछिल्लो केही वर्ष यता भाइवरले नेपाललाई पनि आफ्नो बजार विस्तारको प्राथमिकतामा राख्दै आएको छ । यही सफलतासँगैं भाइवर निकट भविष्यमा नेपालमा एक बृहत् डिजिटल संचार एप्स्को रुपमा स्थापीत हुने भएको छ ।

प्रयोगकर्ताहरुमाझ स्टिकरले सन्देश र सूचना प्रवाह गर्ने एक क्रान्तिकारी भूमिका निर्वाह गरेको छ । स्टिकरले आपसी वार्तालाई अत्यन्त निजी बनाउन र मनको भावलाई राम्ररी व्यक्त गर्न मद्दत गर्दछ । नेपाली नयाँ वर्ष २०७३ लाई उत्सवको रुपमा मनाउने सन्दर्भमा भाइबरले नेपाली रुपेैंयाँ १०,००० बराबरको स्टिकरहरुको प्याक निःशुल्क उपलब्ध गराएको थियो । यसले कुराकानीमा अपनत्वमात्र बढाउने नभई यसका मनमोहक डिजाइनहरुले प्रयोगकर्ताहरुमाझ बृहत् संवेदना पनि प्रवाह गरेको भाईवरको दावी छ ।

हालै पब्लिक च्याटको आरम्भ गरेको भाइबरले नेपालको बजारमा उल्लेख्य सफलता प्राप्त गर्दै गइरहेछ । पब्लिक च्याटमा प्रयोगकर्ताहरुले सेलिब्रेटी, प्रेरक र ब्रान्डहरुलाई पछ्याउन सक्दछन् । माल्भिका सुब्बा, प्रियँका कार्की, ऋचा शर्मा, नगमा श्रेष्ठ जस्ता सेलिब्रेटीहरु लगायत पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले समेत भाइबर पब्लिक च्याट्समा आफ्नो उपस्थिति जनाइसकेका छन् । फ्यान र फलोअरहरुले अब उनीहरुको आफ्नो प्रिय सेलिब्रेटीहरुको दिनचर्या, जीवनशैलीका बारेमा सुटुक्क चिहाउन सक्ने भाईवरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.