बरियारपुरबाट उद्योगपति केडियाको अपहरण, अपहरणकारीको गोली प्रहारबाट चालक गम्भीर घाइते

  २०७३ जेठ २१ गते ४:४६     विकासन्युज

kidnap-150x150पर्सा, १४ जेठ । वीरगन्जका उद्योगपति सुरेश केडियालाई बिहिबार साँझ बाराको बरियारपुरबाट अज्ञात समूहले अपहरण गरेको छ । कामविशेषले बरियारपुर गएका उद्योगपति केडियालाई बाराकै पशाहपुल नजिकैबाट अपहरण गरिएको हो । बा१०च ७२४० नंको जिपमा सवार भई वीरगन्जतर्फ आउने क्रममा हतियारधारीले चालक पर्सा, बिन्ध्यवासिनी निवासी श्यामउनेश साहलाई गोली हानी उद्योगपति केडियालाई अपहरण गरी लगेको अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जका वरिष्ठ प्रहरी उपरीक्षक नारायणसिंह खड्काले जानकारी दिए ।

उनले घाइते चालक साहको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको बताए । उद्योगपति केडियाको खोजी भइरहेको छ । घाइते साहको अवस्था गम्भीर रहेको र उनको थप उपचारका लागि काठमाडौँ सिफारिस गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.