एनसीसी, कुमारीसहित ६ बैंकको मर्जरमा गतिरोध आयो, आफैले गरेको सम्झौता तोडिदै

  २०७३ जेठ २० गते ८:५६     विकासन्युज

laxmiprapanna_niraula-150x150काठमाडौं, २० जेठ । सनराइज बैंकले नारायणी नेशनल फाइनान्स लिमिटेडलाई प्राप्ती गर्ने सम्बन्धी अन्तिम सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट संचालक समितिका अध्यक्ष मोती लाल दुगड र फाइनान्सको तर्फबाट संचालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार शेयरधनीहरुको सहमती लिने गरि दुबै संस्थाको विशेष साधारणसभा यही २०७३ जेष्ठ २० गते बोलाइएको छ । विशेष साधारण सभाबाट प्रस्ताव पारित भईसकेपछि अन्तिम स्वीकृतीको लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने बैंकले जनाएको छ ।

राष्ट्र बैंकबाट अन्तिम स्वीकृत प्राप्त गरी आगामी आषाढ मसान्त भित्रै एकिकृत कारोबार प्रारम्भ गर्ने योजना रहेको बैंकले जनाएको छ । प्राप्ती पष्चात सन्राइज बैंकको चुक्ता पूँजी ४ अर्ब पुग्ने, शाखा संख्या ६७ पुग्नुका साथै निक्षेप ५० अर्ब र कर्जा ४३ अर्ब पुग्ने जानकारी बैंकको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.