नेपाल बैंकको एटीएम सेवा अब ठिमी शाखामा पनि

  २०७३ जेठ २० गते ८:५२     विकासन्युज

nbl1-150x150काठमाडौं, १८ जेठ । नेपाल बैंक लिमिटेडले मङगलबारदेखि बैंकको ठिमी शाखामा एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई आधुनिक एवं स्तरीय सेवा प्रदान गर्ने क्रममा सो स्थानमा सो सेवा सुरु गरेको हो । उक्त सेवाको उद्घाटन बैंकको सञ्चालक समितिका सदस्य सुरेन्द्र बहादुर सिंह तथा प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले संयुक्त रुपमा गरेका छन् ।

हालसम्म बैंकको एटीएम सेवा संख्या ३९ पुगेको बैंकले जनाएको छ । बैंकले निकट भविष्यमा थप १५ स्थानमा एटीएम सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । अन्य एटीएम सेवा काठमाडौं उपत्यका लगायत मोफसलमा सञ्चालनमा छन् । यस बैंकको एटीएम कार्ड प्रयोग गर्ने ग्राहकहरुले भारतमा पञ्जाब नेशनल बैंकको एटीएमबाट समेत सेवा सुविधा लिन सक्ने बैंकको विज्ञेप्तिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.