हिमालयन बैंकले एससीटीको २० प्रतिशत सेयर किन्यो, कारोबार मूल्य गोप्य

  २०७२ चैत १ गते १५:१०     विकासन्युज

काठमाडौं, १ चैत । हिमालयन बैंक लिमिटेडले स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) प्रा.लि. को २० प्रतिशत सेयर (इक्वीटी) खरिद गरेको छ । कारोबार भएको बारेमा बैंकले प्रेस विज्ञप्ती जारी गरेता पनि बैंकले कति मूल्यमा उक्त सेयर खरिद गरेको भन्ने तथ्या सार्वजनिक गरेको छैन । एससीटी कम्पनी प्रा लि भएकोले सो कम्पनीले सेयर कारोबार मूल्य गोप्य राख्न चाहे पनि पब्लिक कम्पनी भएकोले हिमालयन बैंकले सो कारोबार मूल्य सार्वजनिक गर्नुपर्ने हुन्छ । तर बैंकका अधिकारीहरुले यस विषयमा जानकारी दिन मानेनन् ।

हिमालयन बैंक, एससीटी सञ्जालमा अबद्ध एटीएम तथा पीओएसबाट हुने सम्पूर्ण कारोबारहरुको सेटलमेन्ट बैंक समेत हो । एससीटी प्रा.लि. नेपाल भित्र विभिन्न बैंक तथा वित्तीय संस्थाहरु मार्फत एटीएम तथा पिओएस  सेवा प्रदान गर्दै आइरहेको एक प्रतिष्ठित कम्पनी हो ।

हिमालयन बैंक तथा स्मार्ट च्वाइस टेक्नोलोजीले देशमा हाल भै रहेको कार्ड सेवालाई अत्याधुनिक प्रविधियुक्त बनाई वित्तीय सेवालाई उच्चस्तरको बनाउने उद्देश्यसहित यो सम्झौता गरेको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सन् २००१ मा स्थापित एससीटी कम्पनीले नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाहरु मार्फत सेवा विस्तार गर्दै आइरहेको छ । नेपाल बाहेक यस कम्पनीको सञ्जाल भारत, भुटान तथा चीनमा समेत विस्तार सञ्चालन गर्दै आएको छ । हाल यसको सञ्जाल अन्तर्गत ५९ वित्तीय संस्थाहरुका ९८५ एटीएमहरु सञ्चालनमा छन् । यी एटीएमहरुले ग्राहकहरुलाई दैनिक औसत १३ करोड ५२ लाख रुपैयाँ नगद प्रवाह गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.