यी हुन् विदेशी मुद्रा सटहीको कारोबार गर्ने एयरलाइन्सहरू
काठमाडौं । विदेशी मुद्रा सटहीको कारोबार गर्न ४१ वटा वायुसेवा कम्पनीले अनुमति पाएका छन् । नेपालमा आन्तरिक तथा बाह्य वायुसेवा कम्पनीले विदेशी मुद्राको कारोबार गर्न इजाजत पत्र लिएका हुन् । एयर डाइनेस्टी हेली सर्भिसेज, एयर इन्डिया लिमिटेड, एयरलाइन्स रिप्स नेपाल प्रा,लि, अल्टिच्युड एयर प्रा,लि,अमरावती ट्राभल्स प्रालि (क्याथे प्यासिफिक एयरवेज लिमिटेड – जीएसए) अमरावती ट्राभल्स प्रा,लि, (ओमान एयर) , बेसक्याम्प हेलिकप्टर प्रा,लि, बिमान बंगलादेश एयरलाइन्स लिमिटेड (नेपाल शाखा), बुद्ध एयर प्रा.लि, क्याथे प्यासिफिक एयरवेज लिमिटेड (काठमाडौं शाखा),चाइना सदर्न एयरलाइन्स कम्पनी लिमिटेड , ड्रुक एयर कर्पोरेशन लिमिटेड (नेपाल स्टेशन), एक्सप्लोर हिमालय ट्राभल इन्क प्रा.लि, (जीएसए – इथियोपियन एयरलाइन्स), फिस्टेल एयर प्रा.लि, हेली एभरेस्ट प्रा.लि, हिमालय एयरलाइन्स प्रा.लि, आईएमई इन्टरनेशनल ट्राभल्स प्रा.लि, जया भोयाज इन्टरनेशनल प्रालि (केएलएमरएयर फ्रान्सको जीएसए),जया भोयाज इन्टरनेशनल प्रा.लि. (डेल्टा एयरलाइन्स), कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेड , कोरियन एयरलाइन्स कम्पनी लिमिटेड, मलेसिया एयरलाइन्स बरहाद लिमिटेड, काठमाडौं शाखा ,माउन्टेन हेलिकप्टर्स प्रा।लि,नेपाल एयरलाइन्स निगम, प्रभु हेलिकप्टर लिमिटेड, कतार एयरवेज ग्रुप, श्री एयरलाइन्स प्रा।लि, सिता एयर प्रालि, स्ट्रिम ट्राभल सर्भिसेज प्रालि, समिट एयर लिमिटेड, तारा एयर प्रालि, तासी एयर प्रालि, थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड, टर्किस एयरलाइन्स इन्क प्रालि, युनिभर्सल टुर्स एन्ड ट्राभल्स (फ्लाइ दुबई), युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालि, (एमिरेट्स एयरलाइन्स) ,युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालि। (कोरियन एयरलाइन्स), युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालि (थाई एयर एसिया), यती एयरलाइन्स लिमिटेड, यती इन्सेन्टिभ्स ट्राभल प्रालि (जीएसएस् मालिन्डो एयरवेज) र यती इन्सेन्टिभ्स ट्राभल प्रालि (जीएसएस् थाई लायन मेन्तारी कम्पनी लिमिटेड ) रहेका छन् । आन्तरिक तथा बाह्य वायुसेवा कम्पनीहरूले नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्रा कारोबार गर्ने अनुमति लिएका छन् । एयरलाइन्सहरूले विदेशी नागरिकहरूबाट हवाई टिकट बिक्रीवापत विदेशी मुद्रा लिने गरेका छन् । विदेशी पर्यटकको लागि डलर भाडादर लिने सन् १९९० देखि लिन थालिएको हो । पहिलोपटक नेपाल वायुसेवा निगम (तत्कालीन शाही नेपाल वायुसेवा निगम) बाट सुरु भएको थियो । सोही व्यवस्थालाई निरन्तरता दिँदै आन्तरिक वायुसेवा कम्पनीले पनि डलरमा भाडा लिन थालेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त भएको पत्राचारको आधारमा विदेशीलाई विदेशी मुद्राबाट टिकट बिक्री वितरण गर्न डलर भाडाको सुविधा प्रदान गर्दै आएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको च.नं.६८ पत्र २०६२ फागुन १ गतेको पत्र मार्फत नेपाल नागरिक उड्डयन प्राधीकरणलाई पत्राचार गरिएको थियो । सोही पत्रको आधारमा डलर भाडादर कार्यान्वयनमा रहेको छ ।
विदेशीलाई लिने हवाइ भाडामा वायुसेवा कम्पनीको मनोमानी
काठमाडौं । आन्तरिक उडान भर्ने वायुसेवा कम्पनीहरूले विदेशीहरूलाई एउटै गन्तव्यमा पुग्ने भए पनि फरक-फरक भाडा लिने गरेको पाइएको छ । समान हवाई भाडादर कमिटी २०८३ ले प्रत्येक वायुसेवाकम्पनीले हवाई टिकट वापत विदेशीलाई फरक-फरक मुद्रा लिने गरेको औंल्याएको छ । भाडादरमा एकरुपता कायम गर्न भए पनि समान भाडादर कायम गर्नुपर्ने प्रतिवेदनले सुझाव दिएको छ । चैत १३ गतेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेका शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरू कार्यान्वयन अन्तर्गत सबै ट्रंक रुटमा उडान गर्ने अन्तरिक वायुसेवा कम्पनीहरुले नेपाली तथा विदेशीलाई हवाई भाडादर समान गर्ने व्यवस्था गर्ने उल्लेख गरिएको थियो । सोही सूची अनुसार विदेशीलाई समान भाडादर कायम गर्न एक अध्ययन समिति बनाएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको दश बुँदे कार्य योजना अन्तर्गत बुँदा नं. ४ मा उल्लेख गरिए बमोजिम सबै ट्रंक रुटहरुका लागि उडान गर्ने आन्तरिक वायुसेवा कम्पनीहरूले नेपाली तथा विदेशी नागरिकहरूलाई हवाई भाडादर समान गर्ने सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधीकरणका महानिर्देशकको निर्णय अनुसार जेठ १९ गते निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय समान हवाई भाडादर अध्ययन समिति गठन भएको थियो । कमिटीमा संयोजक ऋचा शर्मा, सदस्य सुवर्ण भट्टराई, निजी वायुसेवा कम्पनीका दुई जना प्रतिनिधि,रमेस महत सदस्य सचिव र सीए अनुप उपाध्याय थिए । कमिटीलाई एक महिनाको समय तोकिएको थियो । कमिटीले हवाई भाडा समान कायम गर्ने विषयमा अध्ययन र हवाई भाडादर समान कायम गर्दा फाइदा तथा बेफाइदाकोसमेत अध्ययन गरेको थियो । जहाजहरूमा यात्रुको संख्यामा कमी आएका पूर्ण क्षमतामा उडान हुने नगरेको कमिटिको प्रतिवेदनमा उल्लेख गरिएको छ आन्तरिक हवाई उडान तथा ट्रंक रुटमा विदेशी नागरिकलाई समान भाडा दर कायम गर्न सुझाएको थियो । मुलुकभर विभिन्न आन्तरिक हवाई उडानमा यात्रु संख्याको कमी भएको पाइएको छ । समान हवाई भाडादर कमिटि २०८३ ले सरकारले बुझाएको प्रतिवेदनमा यात्रुहरूले सडक यातायात मार्फत यात्रा गर्ने हुँदा वायुयानमा यात्रा गर्ने हवाई यात्रुको संख्यामा कमी आएको औंल्याएको हो । हवाई यात्रुको संख्यामा कमी आउँदा जहाजले आन्तरिक उडानको रुटमा पूर्ण क्षमतामा उडान हुने नगर्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी, वायुसेवा कम्पनीको विदेशी पर्यटक मार्फत प्राप्त हुने टिकट वापतको विदेशी मुद्राबाट आम्दानीमा वृद्धि भएको छ । वायुसेवा कम्पनीहरुलाई आर्थिक रुपमा सहयोग पुग्ने प्रतिवेदनमा बताइएको छ । नेपाल सरकारले २०७३ सालमा ट्रंक रुटको भाडादर निर्धारण कायम गरेको थियो । हालसम्म ट्रंक रुटमा सोही भाडदर कायम रहेको छ । नेपाल सरकारको मन्त्रीस्तरीय २०५८ माघ १९ गतेको निर्णयानुसार प्रत्येक २-२ वर्षमा हवाई भाडादर पुनरावलोकन गर्ने निर्णय भएको थियो । २०७३ सालको हवाई भाडादर हालसम्म पुनरावलोकन हुन नसकेको । आन्तरिक वायुसेवा कम्पनीहरुले पटक-पटक ट्रंक रुटको हवाई भाडादर पुनरावलोकन गर्न भनिए पनि भाडामा पुनरावलोकन हुन सकेको छैन । सरकारले २०७३ सालमा हवाई भाडादर निर्धारण हुँदा अमेरिकन डलरको मूल्य १०७ रहेकोमा हाल उक्त डलरको मुल्य बढेर १४० पुगेको छ । यस बीचमा लिज कस्ट, बीमा, व्यवस्थापन खर्च, विमान खरिद, ईन्जिन तथा स्पेयरर्स पार्टस्, मर्मत सम्भार समाग्री, उपकरण खरिद लगायतका भुक्तानी अमेरिकन डलमा गर्नुपर्ने हुँदा वायुसेवा कम्पनीहरूलाई विदेशी मुद्राको व्यवस्थापनमा थप दवाव सिर्जना भएको कमिटिको प्रतिवेदनले औंल्याएको छ । विदेशी नागरिकलाई समान भाडादर कायम गरेको अवस्थामा विदेशी मुद्राको संञ्चितिमा कमि आउनेसमेत देखिएको कमिटिको प्रतविदेनले बताएको छ । विभिन्न आन्तरिक वायुसेवा कम्पनीहरुबाट टंक रुटमा यात्रा गर्ने हवाई यात्रुको संख्यामा उल्लेखीय रुपमा कमी आएको छ । अमेरिकन डलरमा भएको वृद्विका कारण, बीमा वायुयान, स्पेयर्स पार्टस् खरिद मर्मत सम्भार लगायतको सेवा डलरमा भुक्तनी गर्नुपर्ने भएको कारण वायुसेवा कम्पनीको नाफासमेत घटेको छ। पछिल्लो समयमा मध्य पूर्वमा आएको द्वद्वको कारणबाट हवाई इन्धनमा मूल्य वृद्धि भई यात्रुको संख्यामा थप कमी भएको छ । वायुसेवा कम्पनीले उडान मिलान (मर्ज) गरी उडानको संख्या कटौती गरेका कारण वायुसेवा कम्पनीहरुको आर्थिक अवस्था कमजोर हुँदै गएको छ । कमिटीले वायुसेवा कम्पनीलाई मजबुत र सक्रिय बनाउन हाल विद्यमान व्यवस्थालाई निरन्तरता दिन सुझाव पेश गरेको छ । ट्रंक रुटको भाडादरलाई प्रचलित बजार मुल्य, मुद्रास्फिति, संचालन लागत, अन्तर्राष्ट्रिय अभ्यास, विदेशी मुद्राको विनिमय दर र हवाई इन्धनको बजार मुल्य बजारलाई ख्याल गरेर समान भाडादर कायम गर्न सुझाव पेश गरेको छ ।, वायुसेवा कम्पनीको आर्थिक अवस्थालाई अध्ययन, विश्लेषण गरी नेपाल सरकारद्वारा २०७३ सालमा निर्धारण भएको हवाई भाडादर पुनरावलोकन गरेर विदेशी नागरिकले टिकट खरिद गर्दा लाग्ने भाडादर समेत समावेश गरी स्वदेशी तथा विदेशीलाई लिईने समान भाडादर कायम गर्न निर्णय गर्नुपर्ने कमिटीको सिफारिसले जनाएको छ । समान हवाई भाडादर कमिटि २०८३ को कमिटिले बुझाएको प्रतिवेदनलाई पुनः मन्त्रालयमा पठाइने नेपाल नागरिक उड्डयन प्राधीकरणका प्रवक्ता विक्रमराज गौतमले बताए। २०७३ सालदेखि ट्रंक रुटमा नबढेको भाडादरलाई लिएर दुई पटकसम्म मन्त्रालयमा प्रतिवेदन अध्ययनका लागि पठाएको उनको भनाइ छ । नेपाल वायुसेवा निगमको स्थापना कालदेखि ट्रंक रुटको भाडा लिएको गौतमको भनाइ छ । ‘अहिलेको प्रतिवेदन अनुसार कार्यान्वयन हुने हामीले आशा गरेका छौ,’ उनले भने । यति एयरलाइन्सका सीइओ सुभाष सापकोटाले प्रतिवेदन अध्ययनकै क्रममा रहेको बताए । कमिटिमा रहेका सदस्य सापकोटाले प्रतिवेदनमा भएका कुराले ट्रंक रुटमा भाडादर समान हुने भएमा नेपाली यात्रुलाई भाडादर मँहगो पर्न जानेछ । ‘नेपाली यात्रुलाई आन्तरिक हवाई उडानमा एक हजारदेखि १२ सय रुपैयाँ पर्न जानेछ,’ उनले भने । ट्रंक रुट अन्तर्गत विदेशीलाई भाडा दर समान हुनसाथ नेपाली यात्रुहरू मँहगीको मारमा पर्न जान्छन् । ट्रंक रुटमा नेपालका तीन वायुसेवा कम्पनीले उडान भरिरहेका छन् । बुद्ध एयर, यति एयरलाइन्स र सौर्य एयरलाइन्सले उडान भरिरहेका छन् । विदेशी यात्रुलाई वायुसेवा कम्पनीले काठमाडौंदेखि विराटनगरसम्म १२५ डलर, काठमाडौंदेखि चन्द्रगढीसम्म १५५, पोखरा १२०, धनगढी २७५, जनकपुर ७०, सिमरा ५०, भरतपुर १४२, नेपालगञ्ज १७० र भैरहवा १२६ डलर लिने गरेका छन् ।
वायु सेवा कम्पनीको नाफा घट्ने, विदेशी मुद्रामा असर
काठमाडौं । विदेशीलाई हवाईमा समान भाडा कायम गरेमा मुलुकमा विदेशी मुद्राको आम्दानी कम र मुद्रा सञ्चितिमा असर पर्ने भएको छ । विदेशीलाई समान भाडादर तथा हवाई टिकट खरिद वापत प्राप्त हुने विदेशी मुद्राको आम्दानी घट्ने र विदेशी मुद्रा सञ्चितिमा प्रत्यक्ष असर पर्ने समान हवाई भाडादर समिति २०८३ ले उल्लेख गरेको छ । स्वदेशी र विदेशीलाई समान भाडादर कायम गर्दा वायुसेवा कम्पनीको नाफामा सीमित हुने पनि समितिले उल्लेख गरेको छ । विदेशीलाई समान भाडादर कायम गर्दा नेपाली यात्रुलाई महँगो भाडा तिर्नुपर्ने समितिले औंल्याएको छ । वायुसेवा कम्पनीहरूले माग र आपूर्तिको आधारमा सस्तो दरको टिकट पाई रहेको अवस्थामा सो पश्चात् नेपाल सरकारद्वारा स्वीकृत अधिकतम हवाई भाडादरमा मात्र बुकिङ्ग खुल्ला गर्न सक्ने हुँदा स्वदेशी नागरिकहरूले यात्रा गर्दा महँगो हवाई भाडा तिर्नु पर्ने अवस्था आउन सक्ने समितिको प्रतिवेदनले जनाएको छ । ट्रंक रुटका विमानस्थलहरुमा यात्रा गर्ने हवाई यात्रुको रोजाई सडक यातायात हुने गरेको छ । हवाइजहाजमा उडान गर्ने स्वदेशी नागरिकको संख्यामा कमी आएको छ । विदेशी नागरिकबाट प्राप्त भएको थप विदेशी मुद्राबाट उडानमा हुने संचालन घाटा थप बढ्ने बताइएको छ । समान भाडादर कायम गर्दा वायुसेवा कम्पनीको स्थायित्वमा असर पर्ने सक्ने समितिले उल्लेख गरेको छ । आन्तरिक वायुसेवा कम्पनीहरुबाट विदेशी नागरिकहरुलाई नेपाली रुपैयाँमा कारोबार गर्दा वायुसेवा कम्पनीहरुले अन्तर्राष्ट्रिय जगतमा विमान खरिद, ईन्जिन तथा स्पेयर पार्टस्, मर्मतसम्भार सामाग्री उपकरण लगायतका वस्तु विदेशी मुद्रा भुक्तानी गर्नुपर्ने हुँदा यसले विदेशी मुद्रा व्यवस्थापनमा समस्या पर्न सक्ने समितिले दाबी गरेको छ । चैत १३ गतेको मन्त्रिपरीषद्को बैठकले स्वीकृत गरेका शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरु कार्यान्वयन अन्तर्गत सबै ट्रंक रुटमा उडान गर्ने अन्तरिक वायुसेवा कम्पनीहरुले नेपाली तथा विदेशीलाई हवाई भाडादर समान गर्ने व्यवस्था गर्ने उल्लेख गरिएको थियो । सोही सूची अनुसार विदेशीलाई समान भाडादर कायम गर्न एक अध्ययन समिति बनाएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको दश बुँदे कार्य योजना अन्तर्गत बुँदा नं. ४ मा उल्लेख गरिए बमोजिम सबै ट्रंक रुटहरुका लागि उडान गर्ने अन्तरिक वायुसेवा कम्पनीहरुले नेपाली तथा विदेशी नागरिकहरुलाई हवाई भाडादर समान गर्ने सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधीकरणका महानिर्देशकको निर्णय अनुसार जेठ १९ गते निर्देशकको संयोजकत्वमा (पाँच) सदस्यीय समान हवाई भाडादर अध्ययन कमिटि गठन भएको थियो । समितिमा संयोजक ऋचा शर्मा, सदस्य सुवर्ण भट्टराई, निजी वायुसेवा कम्पनीका दुई जना प्रतिनिधि,रमेस महत सदस्य सचिव र सीए अनुप उपाध्याय थिए । समितिलाई एक महिनाको समय तोकिएको थियो । समितिले हवाई भाडा समान कायम गर्ने विषयमा अध्ययन र हवाई भाडादर समान कायम गर्दा फाइदा तथा बेफाइदाको समेत अध्ययन गरेको थियो ।