उद्योगमा महिला: कागजमा बढी देखिए पनि व्यवहारमा न्यून

काठमाडौं । ‘एक कर्मचारी नबन्नुस्, बरु एक रोजगारदाता बन्नुहोस्, यसले नै परिवार, समाज र देशलाई नै आत्मनिर्भर बनाउँछ ।’ स्वरोजगार एवम् उद्योग क्षेत्रमा यो भनाई निकै चरितार्थ छ । पछिल्लो समयमा देशको राजनीतिक, सामाजिक र आर्थिक लगायत विविध पक्षमा आएको परिवर्तनले महिला उद्यमशिलतामा पनि टेवा पु¥याइरहेको छ । कुनै बेला चुल्हो–चौकोमा मात्रै सीमित रहेपनि पछिल्लो वर्षयता आर्थिक विकासका गतिविधिहरुमा पनि महिलाहरुको सक्रियता बढ्दो छ । घर गृहस्थदेखि व्यापार, व्यवसाय र उद्यमको क्षेत्रमा महिलाहरुको व्यवस्थापकीय क्षमता पनि अभिवृद्धि भइरहेको छ । औद्योगिक क्षेत्र तथा समग्र देश विकासका लागि महिलाहरुको सहभागीतामा वृद्धि हुनुपर्ने उद्यमीहरु बताउँछन् । घर व्यवस्थापनको लामो अभ्यास गरिरहेका महिलाहरुले व्यवसाय एवम् उद्योग क्षेत्रमा पनि अब्बल रुपमा व्यवस्थापकीय क्षमताको प्रदर्शन गरिरहेका छन् । अझ, समग्र उद्योग क्षेत्रको व्यवस्थापन एवम् विकासका लागि पुरुषको दाँजोमा महिलाहरु अब्बल रहने उद्यमीहरुको बुझाई छ । पछिल्लो समय उद्योग क्षेत्रमा महिलाको उपस्थिति बढ्दै गएको महिला उद्यमी महासंघको भनाइ छ । कति महिला उद्योग क्षेत्रमा काम गरिहेकी छन् भन्ने एकिन तथ्याकं सरकारसँग नभएपनि महासंघमा भने ५ हजारभन्दा बढी महिला आवद्ध छन् । कुल महिलामध्ये ३३ प्रतिशत महिला सत्तामा, कृषि क्षेत्रमा करिब ५८ प्रतिशत महिला आवद्ध छन् भने घरेलु कामदारका रुपमा सबैभन्दा बढी ६६ प्रतिशत महिला छन् । महिलाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ लामो समयदेखि महिला उद्यमी महासंघले महिला उद्यमीहरु उत्पादन गरिरहेको छ । नेपालमा करिब ५ प्रतिशत महिला उद्यमी रहेको महासंघले जनाएको छ । उद्यमीका लागि आर्थिक लेनदेनको विषयमा ठूलो समस्या भएसँगै सरकारले महिला उद्यमशिलता कोषबाट संस्थापनासँगै सहुलित कर्जा १५ लाख रुपैयाँ दिन थालेको छ । पछिल्लो समय व्यवसायिक रुपमा वस्तु उत्पादन गर्न महिला अघि सरिरहेका छन् । विशेष गरी कृषि, खाद्यवस्तु उत्पादन, हस्तकलादेखि पूननिर्माणको क्षेत्रमा महिलाको चासो तथा संक्रियता बढेको महासंघको भनाइ छ । आगामी दिनमा महिलाको आर्थिक जिवनस्तर उकास्न तथा क्षमता अभिवृद्धि कै लागि स्थानीय निकायसम्म सिपमुलक तालिम प्रदान गर्ने महासंघकी अध्यक्ष रिता सिंहले बताइन् । स–साना उद्योग क्षेत्रमा केही मात्रामा महिला आवद्ध भएपनि ठूला उद्योगमा संलग्न महिलाको संख्या अति न्यून रहेको उनको भनाइ छ । महासंघकी पूर्व अध्यक्ष शारदा रिजालले पनि उद्योग क्षेत्रमा महिलाको संक्रियता बढ्दै गएको बताइन् । सरकारले सहुलित कर्जा व्यवस्था ल्याएसँगै यस क्षेत्रमा महिलाको आकर्षण देखिएको उनको भनाइ छ । तर, जति आकर्षण छ त्यति स्थापित भने कमै भएको उनको भनाइ छ । पछिल्लो समय उद्यमशिलता नै आर्थिक विकासको आधार मान्दै महिला यस क्षेत्रमा आवद्ध हुने क्रम बढ्दै गएको हो । घरेलु उत्पादनमा महिलाको संक्रियता बढेपनि प्रविधिक तथा पुननिर्माणको क्षेत्रमा महिलाको उपस्थिति अति नै न्यून छ । वी बिल्ड कम्पनीको संचालक सुकीर्ति शर्माले  पुनर्निर्माण क्षेत्रमा महिलाको उपस्थिति अति नै न्यून रहेको बताइन् । महिला यस क्षेत्रमा स्थापित हुनु एक प्रकारले चुनौती नै रहेको उनको भनाइ छ । आर्थिक समृद्धि प्राप्तिका लागि पहिलो चरण भनेकै स्वदेशी उत्पादनको वृद्धि नै हो र निर्यातमुखी अर्थ प्रणालीको विकास गरिनु नै हो । तर, कुल जनसंख्याको आधाभन्दा बढि रहेका महिलाहरु आज पनि घरगृहस्थमै आफ्नो जीवन गुजरा गरिरहेका छन् । यहा“सम्म कि, शिक्षित र सक्षम महिलाहरु समेत घरायसी कामकाजमै आफ्नो समय व्यतीत गर्न बाध्य छन् । आफुसँग जे जति छ, आफूले चाहेको क्षेत्रमा नवीन तरिकाले काम सुरु गर्नुपर्ने तर सधैं सरकारलाई दोष मात्रै दिन नहुने उनीहरुको भनाइ छ । औद्योगिक क्षेत्र तथा समग्र देश विकासका लागि महिलाहरुको सहभागीतामा वृद्धि हुनुपर्ने उद्यमीहरु बताउँछन् । घर व्यवस्थापनको लामो अभ्यास गरिरहेका महिलाहरुले व्यवसाय एवम् उद्योग क्षेत्रमा पनि अब्बल रुपमा व्यवस्थापकीय क्षमताको प्रदर्शन गरिरहेका छन् । नेपालको कुल जनसंख्या मध्ये आधा भन्दा बढी महिला छन् । तर आर्थिक पक्षमा उपस्थिति न्यून हुँदा सामाजिक रुपमा उनीहरु अगाडि बढ्न समस्या छ । महिलाको अत्यधिक सहभागिता रहेको भनिएको साना, मझौला तथा घरेलु उद्योग हुन् । घरेलु तथा साथा उद्योगका क्षेत्रमा बल्ल महिला सहभागिता ३५ प्रतिशत पुगेको छ । महिलाहरुको नाममा उद्योग दर्ता गर्दा हुने छुटका कारणले पनि उनीहरुको नाममा उद्योग दर्ता भएका हुन् । सरकारले घरेलु उद्योग दर्तामा महिलाहरुलाई विशेष छुट दिएको छ । नेपाल सरकार गत वर्षदेखि महिला, दलित समुदाय तथा विपन्न वर्गको व्यक्तिको उद्योग दर्ता गर्दा अति न्यून मात्र शुल्क लिने गरेको छ । एक करोडदेखि ५ करोडसम्म पुँजी भएको उद्योग दर्ता गर्न ५० प्रतिशत दर्ता शूल्क छुट हुने व्यवस्था छ । तर यति ठूलो लगानी गरेर महिला नाममा उद्योग दर्ता गर्नुहरुको संख्या अझै धेरै कम छ । अझ  महिलकाे नाममा उद्याेग दर्ता गर्ने संख्या अलि बढी भएपनि व्यवहारमा भने न्यून देखिन्छन् । आर्थिक लोभमा नै भए पनि महिलाका नाममा उद्योग दर्ता हुनु भनेको सशक्तीकरणको नमुना मान्नु पर्दछ ।

कोरोनाको कहरः सरकारको चासोमा प्रवासी

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) महामारीका रुपमा फैलिरहँदा नेपालमा पनि त्यसको असर र त्रास व्याप्त छ । हालसम्म नेपालमा यो भाइरस कूनै पनि व्यक्तिमा नदेखिएको भएपनि यसको त्रास भने फैलँदो क्रममा छ । नेपाल सरकारले देशभित्रका नागरिकसँगै विदेशमा रहेका नेपालीहरुलाई पनि चासोको रुपमा हेरिरहेको छ । चीनबाट सुरु भएको भनिएको यो भाइरसले चीनमा उग्र रुपलिएसँगै त्यहाँ अध्ययनका लागि गएका १ सय ७५ जना नेपाली विद्यार्थीलाई नेपाल सरकारलाई सकुसल उद्दार गर्यो । उद्दार गरेका १ सय ७५ जना मात्र होइन सबै नेपालीबाट सरकारले जस लियोे, र राष्ट्रबादी सरकारको संज्ञा पनि पायो । उद्दार गरिएका सबैको स्वास्थ्य परीक्षण गर्दा नेगेटिभ देखिएपछि अहिले सबै आ–आफ्नो घर फर्किसकेका छन् । त्यो सँगै अब नेपाल सरिकारको कामदारका लागि विदेशी भूमिमा पुगेगा प्रवासी नेपालीहरुमा गएको छ । हालसम्म नेपाली कामदारहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएपनि सतर्कता भाइरसको संक्रमण हुने सक्ने शंका भने गरिएको छ । करिब ४५ हजार नेपाली कामदार रहेको कोरिया अहिले कोरोना भाइरसको उच्च जोखिमममा छ । भलै कुनै पनि नागरिकमा यसको संक्रमण देखिएको छैन । विकासन्यूजले कोरियामा रहेका नेपाली कामदारहरुसँग जानकारी लिँदा उनीहरु आफु सुरक्षित रहेका बताउँछन् । नेपाल पनि कोरोना भाइरसको उच्च जोखिमको राष्ट्रको रुपमा विश्व स्वास्थ्य संगठनले राखेसँगै उनीहरु नेपालमा आउने भने त्यति इच्छुक देखिँदैनन् । कोरिया सरकार र नेपाल सरकारले पनि उनीहरुलाई सुरक्षित रहन आग्रह गरिसहेको छ । कोरियास्थित नेपाली राजदुतावासले नेपाली कामदारहरुलाई कम्पनीको नीति नियमलाई पालना गरी सुरक्षित रहन आग्रह गरिसकेको छ । नेपालीहरु विदेशमा राजगारीका लागि ४० लाखभन्दा बढी र अध्ययनका लागि ३ लाखभन्दा बढी छन् । आफ्नो नागरिक गएको देशमा कोरोनाको संक्तमण देखिएसँगै नेपाल सरकारको पनि चिन्ता चासो र ध्यान बढेको छ । हाल विश्वका ८० राष्ट्रमा फैलिएसकेको यो अवस्थामा नेपाल सरकार पनि गम्भीर देखिएको हो । नेपालीको प्रमुख रोजगारीको गन्तव्यमा कोरोनाको संक्रमण फैलिएसँगै सरकारले निरन्तर रुपमा त्यहाँ रहेका नेपालीको अवस्था र सम्बन्धित दुतावाससँग बुझ्दै आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत राज पौड्यालले जानकारी दिए । त्यस्तै, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता सुमन घिमिरेले कोरोना भाइरस संक्रमित देशको अवस्थालाई ध्यानमा राख्दै वैदेशिक रोजगारमा जानेलाई अनुमति दिने तर हतारिएर कुनै पनि निर्णय नगर्ने बताए । ‘कुन–कुन देशमा भाइरसको संक्रमण बढ्दै गएको छ भन्ने कुरा उक्त देशका रोजगारदाता र सम्बन्धित निकायसँग समन्वय भइरहेको, श्रम मन्त्रालयले सम्बन्धित मन्त्रालयको सहकार्यमा जोखिमको विश्लेषण गरी उक्त देशहरुमा समन्वय निरन्तर भइरहेको छ,’ उनले भने । वैदेशिक रोजगारीको क्षेत्रमा कोरोना भाइरसको प्रभाव बढेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताए । पछिल्लो समय दक्षिण कोरिया र कुवेत जानेलाई रोक लगाएको छ । ‘व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृतिको माध्यम भएर जानेलाई अन्य १२ देशमा श्रम स्वीकृति बन्द गरको छैन, त्यहाँको अवस्था हेरेर कुनै पनि समयमा बन्द हुन सक्छ,’ उनले भने । कोरोना भाइरसले त्रास फैलाएपछि सम्बन्धित निकायको चासो बढेको र आगामी दिनमा वैदेशिक रोजगारीमा रहेका युवालाई केन्द्रित गर्दै सरकारले निर्णय उनको भनाइ छ । पछिल्लो समय वैदेशिक रोजगार विभागमा दैनिक ५/७ सम्म उजुरी आउने गरेको विभागले जनाएको छ । पछिल्लो समय विदेश घुम्न जानेको संख्या पनि क्रमिक घट्दै गएको छ । गत आर्थिक वर्ष २०७५/०७६ मा नेपालीहरु विदेश घुम्न जानका लागि करिब ७३ अर्ब ६० करोड रुपैयाँ खर्च गरेका थिए भने चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ३६ अर्ब ८० करोड रुपैयाँ खर्च गरेको नेपाल राष्ट्र बैंकको तथ्याकंले देखाउँछ । गत आर्थिक वर्षमा विदेश अध्ययन गर्नका लागि नेपाल राष्ट्र बैंकबाट ४६ अर्ब ३० करोड रुपैयाँ लिएका थिए भने चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा १४ अर्ब ८० करोड रुपैयाँ लिएका छन् । यसको अर्थ नेपालीहरु भ्रमण तथा अध्ययनका लागि ठूलो संख्या बाहिरिने गरेका छन् । यस्तै, नेपालको छिमेकी राष्ट्र भारतमा पनि हालसम्म ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसले पनि नेपालमा झन त्रास फैलिएको छ ।

जापान रोजगारीमा पठाउने भन्दै ठगी गर्ने कन्सल्टेन्सीप्रति विभागकाे ध्यान

काठमाडौं । जापान रोजगारीमा पठाइदिने भन्दै पछिल्लो समय ठगी गर्ने कन्सल्टेन्सीप्रति विभागकाे बढ्दै गएकाे छ । वैदेशिक रोजगार विभागमा जापान रोजगारीमा पठाउने भन्दै भाषा सकिरहेका व्यक्तिसँग रकम असुल उपर गरी ठगिका उजुरी आउन थालेका छन् । जापान रोजगारीका लागि अनुमति दिएको भन्दै विभिन्न सञ्चार मध्यमबाट विज्ञापन प्रकाशन गरि ठग्ने प्रविधि बढेसँगै त्यस्ता कन्सल्टेन्सीमा वैदेशिक रोजगार विभागको चाँसो बढेको छ । जापान पठाउने भनेसँगै विभागबाट इजाजत पत्र नलिएका संस्थाले नै व्यक्तिको पैसा असुल गरेको लिखित एवंम मौखिक उजुरीहरु प्राप्त हुने गरेको विभागले जानकारी दिएको । जापान पठाउने भन्दै गैर कानूनी रुपमा सूचनाहरु प्रवाह गर्ने संस्थाप्रति विभागको ध्यान बढेको हो ।