कुवेतमा रहेका १४ जना नेपाली कोरोना संक्रमित

काठमाडौं । कुवेतमा १४ जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ । १ हजार ४ सय ५ जना कोरोना संक्रमित रहेको कुवेतमा १४ जना नेपाली कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको कुवेतस्थित नेपाली राजदुत दुर्गाप्रसाद भण्डारीले बताए । ‘पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ, हालसम्म १ हजार ४ सय १ कोरोना संक्रमित र ३ जनाको मृत्यु भएको छ । भने १४ जना नेपालीमा कोरोना भाइरसको संक्रमित छन्’ राजदूत भण्डारीले भने । संक्रमित नेपाली कति जना पुरुष र कति महिला हुन भन्ने तथ्य जानकारी नआई नआएको राजदूत भण्डारीले जानकारी दिएका छन् । वैदेशिक राेजगारीका लागि कुवेतमा करिव ७० हजार नेपाली कायरत छन् । चीन वुहानबाट फैलिएको कोरोना भाइरसले हालसम्म विश्वमा २० लाख २५ हजार ४ सयभन्दा बढी मानिस संक्रमित भएका छन् भने १ लाख ३१ हजार ४ सय ९६ जनाको मृत्यु भईसकेको छ । त्यस्तै ५ लाख ४ हजार ४ सयभन्दा बढी मानिस उपचार पछि निको भएका छन् ।

कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने

काठमाडौं । दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ । यहाँको श्रम मन्त्रलायका अनुसार अप्रिल १४ देखि लागू हुने गरी इपिएसमार्फत कोरिया आएर भिसा अवधि सकिनेका लागि कोरोना महामारीको समस्याका कारण स्वदेश फर्कन नसकेका नेपालसहित अन्य १५ मुलुकका प्रवासी कामदारलाई ५० दिनको भिसा थप हुने भएको हो । इपिएस प्रणालीमार्फत कोरिया आएर रोजगारी गर्ने मजदुरले कोरियामा चार वर्ष १० महिना मात्र बस्न पाउने नियम छ । उक्त नियमअनुसार चार वर्ष १० महिना अवधि पूरा भएका कामदार स्वदेश फर्कनुपर्ने हुन्छ । अवधि पूरा भएर पनि कोरोना माहामारीका कारण स्वदेश फर्कने तयारीमा रहेर फर्कन समस्यामा परेका झण्डै १८ हजार ५ सय प्रवासी मजदुर (इ–९) लाई यो निर्णयले सहज बनाएको छ । यसअघि फेब्रुअरीमा पनि ५० दिन भिसा थप्ने निर्णय भएको थियो । रासस

अमेरिकामा तीन सातामा एक करोड ६८ लाखले जागिर गुमाए

काठमाडौं । अमेरिकामा तीन हप्तामा एक करोड ६८ लाख अर्थात (१६ं.८ मिलियन) मानिसले जागिर गुमाएका छन् । विश्वभर फैलिरहेको कोरोना भाइरस ( कोभिड १९)को कारण उनीहरुले आफ्नो जागरि गुमाएका हुन् । अमेरिकी सरकराले बिहीबार जारी गरेको एक तथ्याकंका अनुसार गत हप्ता मात्रै ६६ लाख मानिसहरुल जागिर गुमाएको भन्दै बरोजगारी भक्ता तथा लाभका लागि आवेदन दिएका थिए । अघिल्ला दुई हप्तामा एक करोड मानिसले सो आवेदन दिएका थिए । विश्वमा अर्थतन्त्रमा गिरावट आउन थालेसँगै रोजगारी गुमाउनेको संख्या पनि बढ्दै गएको छ । अझैँ पनि धेरैको रोजगारी गुम्न सक्ने अनुमान गरिएको छ । अझ अप्रिलमा मात्रै १५ प्रतिशतले रोजगार गुमाउनेको सक्ने अनुमान गरिएको छ ।अल्जजिराबाट