गृह मन्त्रालयले माग्याे १ लाख १५ हजार म्यादी प्रहरी

काठमाडौं । गृह मन्त्रालयले  आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि  १ लाख १५ हजार म्यादी प्रहरी मागेको छ । आइतबार सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले भदौ ३० देखि असोज ६ गतेभित्र १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका व्यक्ति म्यादी प्रहरीको लागि मागेको हो । म्यादी प्रहरीको सेवा अवधि ४० दिनको हुनेछ । आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदै छ । यसको लागि भदौ ३० गतेदेखि असोज ६ गतेसम्म जिल्ला प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरसँगै सबै जिल्ला प्ररही कार्यालयमा आवेदन दिनुपर्ने छ ।

दमकका लघुउद्यमीले पाए ५८ वटा मेसिन

झापा । दमक नगरपालिकाले नगरभित्रका विपन्न समुदायका उद्यमीलाई मेसिन हस्तान्तरण गरको छ । आइतबार एक कार्यक्रममा दमक वडा नं २, ४, ७ र १० का लघुउद्यमीलाई ५८ वटा मेसिन वितरण गरिएको हो । नगरपालिकाले धिमाल जातिको पेटानी बुन्ने मेसिन, लुगा तथा जुत्ता सिलाउने मेसिन, केक बनाउने मेसिन, बङ्गुरको दाना बनाउने मेसिन वितरण गरेको हो । दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई र सामाजिक विकास समिति सभापति शारदा सापकोटाले ती वितरण गरेका थिए । नगर प्रमुख थापाले दमकमा उत्पादित वस्तुको बजारीकरणका लागि नगरपालिकाले सहयोग पुर्याउने बताए । दमक नगरपालिकाले दुईदेखि तीन महिना तालिम लिएकालाई सङ्घीय सरकारअन्तर्गत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा मेसिन वितरण गरेको हो । रासस

युनाइटेड इन्स्योरेन्सले माग्यो कर्मचारी, भदौ २६ गतेभित्र आवेदन दिनुपर्ने

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी मागेको छ । इन्स्योरेन्सले आइतबार एक सुचना जारी गर्दै २ वटा पदमा कर्मचारी मागेको हो । इन्स्योरेन्सले असिस्टेन्ट र अफिसरको लागि १(१ जना कर्मचारी मागेको छ । इन्स्योरेन्सका अनुसार असिस्टेन्टको लागि इनफरमेसन टेक्नोलोजी, कम्प्युटर साइन्स वा कम्प्युटर इन्जीनियरिङमा स्नातक र अफिसरको लागि सिए उत्र्तिर्ण गरेको हुनुपर्नेछ भने फाइनान्समा डिग्री गरेकालाई विशेष प्राथमिकता दिइने छ । इच्छुक आवेदकले आफ्नो बायोडाटा र प्रमाणपत्रसहित भदौ २६ गतेभित्र इन्स्योरेन्सको वेवसाइटमा गएर आवेदन दिनुपर्ने कम्पनीले बताएको छ ।