हिमालयन एभरेष्ट इन्स्योरेन्समा आकर्षक रोजगारीको अवसर

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ ।  हिमालयन एभरेष्ट इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले क्लेम डिपार्टमेन्टमा म्यानेजिरियल लेभल र एसिस्टेन्ट अफिसर लेभलका लागि केहि संख्यामा कर्मचारी माग गरेको जनाएको छ । उक्त पदहरुमा आवेदन दिनको लागि आवेदकले विजनेशमा स्नात्तक तह वा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले इन्स्योरेन्स कम्पनीको इमेल मार्फत फागुन २६ गतेभित्र आवेदन दिन सक्नेछन् ।

नेपाल क्लियरिङ हाउसले माग्यो ठुलो संख्यामा कर्मचारी

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ ।  नेपाल क्लियरिङ हाउसले धेरै संख्यामा कर्मचारी माग गरेको छ । नेपाल क्लियरिङ हाउसले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हाे । कम्पनीले सपोर्ट एनलाइस्टका लागि १ जना, स्टिम एनलाइस्टका लागि ४ जना, टेक्निकल एनलाइस्टका लागि १ जना, आइओएस डेभलपरका लागि १ जना, जुनियर एनड्रोयड डेभलपरका लागि १ जना, क्युए इन्जिनियरका लागि १ जना, विजनेश एनलाइस्टका लागि १ जना, फेलोसिप इन्ट्रन अन्तर्गत ९ जना कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीको वेवसाइट मार्फत फागुन २४ गतेभित्र आवेदन दिन सक्नेछन् ।  

प्रोग्रेशिभ फाइनान्सले माग्यो धेरै संख्यामा कर्मचारी

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ ।  प्रोग्रेशिभ फाइनान्सले धेरै संख्यामा कर्मचारी माग गरेको छ । फाइनान्सले विभिन्न पदका लागि कर्मचारकाे माग गरेको हाे । कम्पनीले डिपार्टमेन्ट हेड देखि एसिस्टेन्ट लेभलसम्म विभिन्न पदमा कर्मचारी माग गरेको हो । कम्पनीले म्यानेजर लेभलका लागि पनि कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीको वेवसाइट मार्फत फागुन २३ गतेभित्र आवेदन दिन सक्नेछन् ।