मुक्तिनाथ विकास बैंक‍मा काम गर्ने अवसर, यी ८ पदका लागि माग्यो कर्मचारी

काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ ।मुक्तिनाथ विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च मेनेजर, क्रेडिट एनालिस्ट, डेक्स इनचार्ज, रिलेसनसिप मेनेजर, माइक्रो बैंकिगं, अपरेसन इनचार्ज, डिजिटल टन्सफरमेसन र लरनिग एन्ड डेभलबमेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । बैंकले यी विभिन्न पदको लागि ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले माघ १८ गतेसम्म सम्पूर्ण कागजातसहित कम्पनीको अनलाइनमार्फत् आवेदन दिन सकिने जनाएको छ ।

शिखर इन्स्योरेन्सले माग्यो कर्मचारी

काठमाडौं ।  इन्स्योरेन्समा जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । शिखर इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले चार्टड एकाउन्टेनदेखि ब्रान्ड अफिसरसम्मको ५ पदका लागि आवेदन खुल्ला गरिएको हो । कम्पनीले चार्टड एकाउन्टेनका लागि २ जना, अटो मोबाइल इन्जिनियरिङ एक जना, कानून डिपार्टका लागि २ जना र ब्रान्ड अफिसरमा १ जना गरि ५ पदमा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका आवेदकलाई यहि माघ १५ भित्र आवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ ।

सांग्रिला डेपलभमेन्ट बैंकले माग्यो कर्मचारी

काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ ।सांग्रिला डेपलभमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित रिकभरी अफिसर पद अन्तर्गत एसआर एसिस्टेन्ट, सुपरवाईजर र जेआर अफिसर पदमा ३ जना कर्मचारी माग गरेको छ । त्यस्तै, प्रधान कार्यालय बालुवाटार, काठमाडौंको लागि सुपरभाइजर र जेआर अफिसर पदमा १ जना कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि कम्तिमा स्नात्तक देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो । ईच्छुक उम्मेदवारले बैंकको वेवसाईट मार्फत माघ १३ गतेभित्र आवेदन दिन सक्नेछन् ।