यूनिक नेपाल लघुवित्तमा ५० जनालाई रोजगारीको अवसर

काठमाडौं । जागिर खोज्नेहरुका लागि खुसिको खबर छ । यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले प्रशिक्षार्थी सहायकका लागि १० जना र प्रशिक्षार्थी कनिष्ठ सहायकका लागि ४० जना कर्मचारी गरी कुल ५० जना माग गरेको हो । अधिकृतको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा स्नातक तह उर्तिण गरेको र २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ भने सहायकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा प्रविणता प्रमाण पत्र तह उर्तिण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले भदौ ३१ गतेभित्र आवेदन दिन सक्नेछन् ।

एनएमबि लघुवित्तमा रोजगारीको सुनौलो अवसर

काठमाडौं । जागिर खोज्नेहरुका लागि खुसिको खबर छ । एनएमबि बैंकको सहायक कम्पनी एनएमबि लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सुपरभाइजरका लागि केही, कनिष्ठ सहायकका लागि केही र सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनका लागि न्युनतम २ वर्षको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ । इच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

ग्लोबल आइएमई लघुवित्तले माग्यो कर्मचारी

काठमाडौं । जागिर खोज्नेहरुका लागि खुसिको खबर छ । ग्लोबल आइएमई लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । लघुवित्तले ४ पदका लागि विभागीय प्रमुखमा १ जना, अनुगमन अधिकृतमा केही, शाखा प्रमुखका लागि केही र सहायक कनिष्ठ सहायक, व्यवस्थापन प्रशिक्षार्थी तथा प्रशिक्षार्थी सहायकका लाग केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । व्यवस्थापकिय श्रेणीमा आवेदन दिनका लागि २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । अधिकृत श्रेणीका लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणीका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने कम्पनीले जनाएको छ । दुई पाङ्ग्रे सवारी साधन चालक अनुमतिपत्र भएकालाई विशेष प्राथमिकता दिने लघुवित्तले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले तोकिएको कागजातसहित १५ दिनभित्र आवेदन दिनुपर्ने जनाएको छ ।