नेपाल क्लियरिङ हाउसमा १६ जनालाई रोजगारीको अवसर
काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । नेपाल क्लियरिङ हाउसले कर्मचारी माग गरेको छ । नेपाल क्लियरिङ हाउसले १६ जना कर्मचारी माग गरेको हो । कम्पनीले एनालिष्ट, सिनियर एनालिष्ट–कार्ड स्विचका लागि २ जना, पेमेन्ट सिस्टम एनालिष्टमा ४ जना, डेभोप्स इन्जिनियरमा १, टेक्निकल एनालिष्टमा १, जुनियर डेभलपर/डेभलपर जाभामा ३, बिजनेश एनालिष्टमा १, जुनियर डाटाबेस एडमिनिष्ट्रेटरमा १, एक्सक्युटिभ– रिस्क एण्ड कम्प्लाएन्समा १ र फेलोसिप–इन्फ्रान्सट्रक्चर एण्ड टेक्नोलोजी, अप्रेशन्स सपोर्टमा ३ जना कर्मचारी माग गरेको हो । कम्पनीले सम्बन्धीत क्षेत्रमा ज्ञान भएको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित कार्तिक १ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
प्रभु इन्स्योरेन्सले माग्यो ठूलो संख्यामा कर्मचारी
काठमाडौं । प्रभु इन्स्योरेन्स केही संख्यामा कर्मचारी मागेको छ । कम्पनीले विभिन्न प्रदेशका लागि कर्मचारी मागेको हो । कम्पनीका अनुसार बिरगंज शाखामा (प्रदेश अफिसर) एसिस्टेन्ट वा डेपुटी म्यानेजर तथा म्यानेजर पदका लागि एक जना र जुनियर अस्टिेन्ट वा सिनियर अफिसरका लासग केही संख्यामा कर्मचारी मागेको हो । त्यस्तै, कटारी शाखाका लागि (सब ब्रान्च अफिसर) जुनियर अफिसर एक जना र जुनियर वा सिनियर असिस्टेन्ट पदका लागि केही संख्यामा कर्मचारी मागेको हो । त्यस्तै, धरान शाखा, चपुर शाखा दमौली शाखा र जनकपुर शाखा कार्यालयका लागि पनि केही संख्यामा कर्मचारी मागेको हो । कम्पनीका अनुसार उक्त पदका लागि कम्तिमा पनि स्नताक तह शैक्षिक योग्यता हुनु पर्नेछ । इच्छुक ब्यक्तिले १५ दिनभित्र आवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले माग्यो कर्मचारी
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स केही कर्मचारी मागेको छ । कम्पनीले प्रदेश कार्यालय प्रमुख सहित एक्सटेन्सन काउन्टरका लागि केही कर्मचारी मागेको हो । कम्पनीका अनुसार कर्णाली प्रदेश कार्यालय प्रमुख पदका एक जना कर्मचारी मागेको हो । त्यस्तै, कर्णाली प्रदेशका एक्सटेन्सन काउन्टर प्रतिनिधिका लागि केही कर्मचारी आवश्यक रहेको कम्पनीले जनाएको छ । प्रदेश हेड पदका लागि स्नातक तह उतिर्ण गरी निर्जीवन बीमा क्षेत्रमा २ वर्ष काम गरेको अनुभव हुनु पर्नेछ । त्यस्तै, एक्सटेन्सन काउन्टर प्रतिनिधिका लागि भने प्लस टु अध्ययन गरिसकेको हुनु पर्नेछ । इच्छुक ब्यक्तिले १५ दिनभित्र आवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ ।