विद्यालयको भौतिक पुनर्निर्माणमा १ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन

काठमाडौं । भुकम्प पछिको पुनर्निर्माणका लागि आगामी आर्थिक वर्ष २०७६/७७ मा विद्यालय भौतिक पुनर्निर्माणमा १ खर्ब ४१ अर्ब रुपैयाँ बजेट बिनियोजन भएको छ । भुकम्पले पारेको प्रभावसँगै अबको दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यको साथ बजेट विनियोजन गर्दै विद्यालयको भौतिक संरचना निर्माण गर्नका लागि स्थानियस्तरसँग साझेदारीमा उक्त रकम विनियोजन गरेको अर्थमन्त्री डा. खतिवडाले बताए । निजि आवासका लागि आगामी वर्षका लागि ५८ अर्ब ७३ करोड रुपैयाँ विनियोजन भएको छ । सबैको केन्द्रविन्दु ऐतिहासिक सम्पदा धहररा दुई वर्ष भित्र निर्माण सम्पन्न गर्नका लागि १ अर्व छुट्याएको छ । भुकम्पबाट ध्वस्त सम्पदा पुनर्निर्माण सम्पन्न गर्ने उद्देश्यका साथ बजेट विनियोजन गरेको जानकारी दिँदै २ वर्ष भित्रमा भित्र सक्ने लक्ष्य रहेको बताए । चालु आर्थिक वर्ष २०७५/७६को फागुन सम्ममा ११ खर्ब ५१ अर्ब ८ करोड १३ लाख रुपैयाँ विनियोजन भएको बजेटमा विद्यालय भवन पुनर्निर्माण ३८५, पुरातात्विक सम्पदाको भवन पुनर्निर्माण ३६, सुरक्षा निकायका भवन निर्माण ३१, सरकारी भवन पुनर्निर्माण १४ वटा निर्माण भएको छ भने स्वास्थ्य संस्थाको भवन निर्माण भएको छैनन् ।

रेल, पानी जहाज र सडकमा १ खर्ब ६३ अर्ब ५२ करोड

काठमाडौं । सरकारले रेल, पानी जहाज र सडक पूर्वाधारको विकासका लागि १ खर्ब ६३ करोड ५२ करोड रुपैंयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदको संयुक्त सदनमा पेश गरेको बजेत अनुसार सरकारले रेलमार्ग, पानी जहाज र सडक पूर्वाधारका लागि सो मात्रामा बजेट विनियोजन गरेको हो । जसमा रेल, मोनो रेल र मेट्रो रेलका लागि रेल, पानी जहाज, सडक पूर्वाधारका लागि ७ अर्ब ७० करोड रुपैंयाँ उपलब्ध गराएको छ ।

सरकारको योजना : नयाँ बानेश्वरमा अन्डरपास, माइतीघरमा फ्लाइओभर

काठमाडौं । सरकारले काठमाडौंको नयाँबानेश्वर र माइतघरमा फलाइओभर निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७६÷७७ को बजेट वक्तव्यमा अर्थमन्त्री युवराज खतिवडाले त्यस्तो योजना सुनाएका हुन् । त्यसका लागि यसै आर्थिक वर्षमा सम्भाव्यता अध्ययन सुरु गर्ने बताएका छन् । यी स्थानहरुमा हाल पैदलयात्री र सवारी साधनकाे ट्राफिक उच्च छ । सरकारले यातायात, रेल र जल यातायात पूर्वाधारमा कुल १ खर्ब ६३ अर्ब ५८ करोड विनियाेजन गरेकाे छ ।