पाठ्यपुस्तक छपाइको निर्णयमा ढिलाई, समयमा नै पुस्तक नछापिदाँ बर्षेनी विद्यार्थीलाई समस्या

काठमाडौं ३०, असोज । शिक्षा मन्त्रालयले विद्यालय तहका पाठ्यपुस्तक छपाइसम्बन्धी निर्णय गर्न ढिलाई गरेको छ । आउँदो शैक्षिक सत्रदेखि आधारभुत तहको तल्लो तहमा रंगीन पाठ्यपुस्तक छपाउन सरकारले बजेट बिनियोजन गरेको छ । तर ,कति कक्षासम्म र मुलुकभरका विद्यार्थीलाई उपलब्ध गराउने कि पाइलट प्रोजेक्टका रुपमा निश्चित जिल्लामा पुर्याउने भन्ने निर्णय हुन सकेको छैन भन्ने समाचार आइतबारको कान्तिपुर दैनिकमा छापिएको छ । रंगीन पुस्तक कसले छाप्ने भन्ने पनि निक्र्योल हुन सकेको छैन । हरेक शिक्षामन्त्रीले शैक्षिक सत्रको सुरुवातमै पाठ्यपुस्तक पुर्याउने प्रतिबद्धता जनाउने गर्छन् । मातहतको कार्यालयले निर्णयका लागि पेस गरेको फाइलको निर्णय तिनै मन्त्रीले बेलैमा नगरिदिँदा कतिपए विद्यार्थीले शैक्षिक सत्रको अन्त्यसम्म पनि पुस्तक पाँउदैनन् ।

शिक्षकबाट अवकासपछिको तलब फिर्ता, तीन वर्षमा पाँच सय शिक्षकबाट सात करोड असुल

काठमाडौं २९, असोज । विद्यालय शिक्षक किताबखानाले अनिवार्य अवकाश पाउने उमेर पुगेर पनि लगातार काम गर्ने शिक्षकबाट बढी अवधिमा लिएको तलब फिर्ता गराउन थालेको छ । पछिल्लो तीन वर्षमा करिब पाँच सय शिक्षकबाट सात करोड रुपैयाँ जति असुल गरिसकेको छ । एउटै शिक्षकबाट १४ लाखभन्दा बढी रकम उठाएको छ । शिक्षकले ६० वर्ष उमेर पुगेपछि अनिवार्य अवकाश पाउँछन् । तर बढी समय काम गर्नेको संख्या ठूलै छ । आर्थिक वर्ष ०७२/७३ मा १ सय ३३ जनाले ६० वर्ष उमेर काटेपछि पनि काम गरेको पाइएपछि किताबखानाले तलब फिर्ता गराएको छ । किताबखानाका महानिर्देशक शेरबहादुर ढुंगानाका अनुसार गत आर्थिक वर्षमा एक सय ३३ जनाबाट दुई करोड २० लाख १६ हजार रुपैयाँ असुल गरिएको छ । कान्तिपुर दैनिकबाट ।

नेपाली युवालाई उत्कृष्ट विद्यार्थी पुरस्कारं, अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट नेपाली विद्यार्थी छानिए

काठमाडौ २८, असोज । अस्ट्रेलियामा अध्ययनरत नेपाली युवालाई अस्ट्रेलियन सरकारले उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित गरेको छ । सिड्नीमा रहेको युनिभसिर्टी अफ टेक्नोलोजीमा अध्ययनरत विजय सापकोटालाई न्यु साउथ वेल्स राज्यले उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित गरेको समाचार शुक्रबारको कान्तिपुर दैनिकमा छापिएको छ । अस्ट्रेलियन सरकारले प्रत्येक बर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरुमध्येबाट छनोट गरेर उक्त पुरस्कार दिने गर्दछ । अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिइने उक्त पुरस्कार सबैभन्दा उच्च तहको मानिन्छ ।