प्रभु इन्स्योरेन्सको १९.२० प्रतिशत बोनस र ४६ प्रतिशत हकप्रद सेयर पारित

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको सेयरधनीलाई चुक्ता पुँजीको १९.२० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय पारित भएको छ । साथै, कम्पनीको सो मात्राको बोनस पश्चात ४६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनी सञ्चालक समितिको निर्णय पारित भएको छ । उक्त निर्णयलाई कात्तिक २१ गते बसको कम्पनीको २२ औं वार्षिक साधारण सभाले पारित गरेको छ । सभाले पारित गरे बमोजिम कम्पनीले १९.२० प्रतिशत बोनस पश्चात कायम हुने पुँजीमा ४६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न पाउने भएको छ । कम्पनीको पुँजी वृद्धिको लागि सो मात्राको बोनस र हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ६८ करोड ८४ लाख रुपैयाँ रहेको छ । सो मात्राको बोनस तथा हकप्रद शेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० लाख रुपैयाँ नाघ्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीले आर्थिक वर्ष ०७३÷०७४ मा खुद मुनाफा १६ करोड ४७ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको थियो । सो अवधिमा कम्पनीले ८३ करोड १७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । साथै, चालु आर्थिक वर्षको प्रथम त्रैमासिक सम्ममा २५ करोड ३५ लाख २ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४ दशमलब ६५ प्रतिशतले बृद्धि भएको कम्पनीले जनाएको छ ।

हिमालयन जनरल इन्स्योरेन्सको हकप्रद लिलाम हुदै, मंसिर ४ गते प्रस्ताव पेश गर्ने अन्तिम दिन

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वसाधारण समूहको हकप्रद सेयर लिलामी हुने भएको छ । कम्पनीको साधारणतर्फको ७१ हजार ५३० कित्ता हकप्रद आउदो मंसिर ४ गते बोलपत्र पेश गर्ने अन्तिम दिन तोकिएको छ । कम्पनीले चुक्तपुँजी बढाउन हकप्रद सेयर निष्कासन गरेको हो । गत असार २८ गतेदेखि भदौ ९ गतेसम्म हकप्रद बिक्रीका लागि खुला गरेकोमा साधारणतर्फ आवेदन नपरेको हकप्रद लागि लिलामका लागि बोलपत्र आब्हान गरेको हो ।

सुर्या लाईफ इन्स्योरेन्सको व्यतित बीमामा सत्प्रतिशत ब्याज छुट, मंसिरदेखि जोखिम वहन नगर्ने

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा सत्प्रतिशत ब्याज छुट गरेको छ । व्यति (ल्याप्स) भएको सम्पुर्ण बीमालेखमा ब्याज छुटमा पुर्नजागर गर्न कात्तिक ३० गतेसम्म म्याद भएको कम्पनीले जनाएको छ । ३० गतेसम्म भुत्तानी नभए बीमालेखले मंसिरदेखि जोखिम बहन नगर्ने सुर्याले जनाएको छ ।