सानिमा लाइफको मंसिर २२ मा साधारणसभा, संस्थापक सञ्चालकको निर्वाचन हुने
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारणसभा मंसिर २२ गते हुने भएको छ । सभामा संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन हुने भएका छन् ।
सानिमा लाइफको औपचारिक कारोबार मंसिर २२ गतेदेखि
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर २२ गते देखि औपचारिक रुपमा कारोबार आरम्भ गर्ने भएको छ । कम्पनीले तिहार अगावैदेखि सेवा भने सञ्चालन गर्दै आएको थियो । मंसिर २२ गतेका दिन देखि कम्पनीले कार्यालय उद्घाटन गर्दै औपचारिक रुपमा सेवा आरम्भ गर्न लागेको हो । सनिमा बैंकमा एनआरएनहरुको लगानी रहेको छ । यसका लगानी कर्ताहरुमा बद्रि प्रसाद ओझा, अरुण कुमार ओझा, डा. गोपाल प्रसाद श्रेष्ठ, जीवनाथ लामिछाने, घनश्याम थापा र डा. बिरेन्द्र प्रसाद महतो लगायतको लगानी रहेको छ । कम्पनीको अध्यक्षमा अरुण कुमार ओझा रहेका छन भने प्रमुख कार्यकारी अधिकृतका रुपमा केशब राज जोशीले काम गरिरहेका छन् ।
युनियन लाइफ इन्स्योरेन्सले ६४ करोड ५० लाखको आईपीओ निष्कासन गर्ने
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारणसभाले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गरेको । युनियनको पहिलो साधारणसभाले सम्बन्धित निकायबाट स्वीकृति लिएर सर्वसाधारणका लागि छुट्टाइएको आईपीओ निष्कासनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । युनियनलाई आईपीओ निष्कासनका लागि बाटो खुलाएको छ । साधारणसभाबाट स्वीकृति पाएकाले युनियनले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । गत असोजमा युनियनले जीवन बीमा कारोबार सुरु गरेको हो । २ अर्ब १५ करोड रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीका प्रवद्र्धकमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, टिवडेवाल ग्रुप र राजेश हार्डवेयरको संस्थापक लगानी छ । साभाले शुलभ अग्रवाल, शेखर गोल्छा, संदिपकुमार अग्रवाल र जीवनकुमार अग्रवाललाई सर्वसम्मत रुपमा सञ्चालकमा निर्वाचित गरेको युनियनले जनाएको छ । सभाले अध्यक्षका लागि ६ हजार ५ सय र सञ्चालकका लागि ६ हजार रुपैयाँ बैठक भक्ता दिने प्रस्ताव पनि पारित गरेको छ ।