आइएमई जनरल इन्स्योरेन्स र नेपाल बैंकबीच बीमा सेवा सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक बीच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात बैकले आफूना खातावाला ग्राहक महानुभावहरुलाई निशुल्क रुपमा १० लाख बराबरको दुर्घटना बीमा र २५ हजार बराबरको औषधोपचार बीमा आइएमई जनरल इन्स्योरेन्सबाट प्रदान गर्ने भएको छ । उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले बैंकमा नागरिक बचत खाता खोलेका र खोलिने खातावालहरुको निशुल्क रुपमा १० लाखको दुर्घटना बीमा तथा २५ हजारको औषधोपचार बीमा हुने जानकारी दिदैं थप सेवा प्रदान गर्न आइएमई जनरल इन्स्योरेन्ससंग बीमा सेवाको लागि संझौता गरिएको बताएका छन् । त्यसै गरी आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको जानकारी दिएका छन् ।
सन नेपाल लाइफ इन्स्योरेन्सको २३ औं उपशाखा गुलरियामा
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा २३ औ उपशाखा कार्यालयको रुपमा गुलरिया उपशाखा कार्यालयको उद्घाटन गरेको छ । कम्पनीका प्रमुखकार्यकारी अधिकृत राजकुमार अर्याल र महा प्रबन्धक कमलराज गौतमले सयुक्त रुपमा उपशाखा कार्यालयको उद्घाटन गरेका छन् । सोही कार्यक्रममा अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्याल र महा प्रबन्धक गौतमले जीवन बीमाको महत्ववारे प्रकाश पारेका छन् । स्थानीय जनसमुदाय तथा अभिकर्ताहरुको बाक्लो उपस्थितीका माझ बीमाको जनचेतना अभिबृद्धि गर्ने उद्देश्यका साथ कम्पनीले कर्णाली प्रदेशमा बीमा जागरण अभियान समेत सम्पन्न गरेको जानकारी दिएको छ ।
युनाइटेड इन्स्योरेन्स र जनता बैक बीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । जनता बैंक नेपाल र युनाइटेड इन्स्योरेन्स कम्पनी बीच बैकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुवँर क्षेत्री र इन्स्योरेन्सका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौता भए सँगै जनता बैंकका ग्राहकले युनाइटेड इन्स्योरेन्सले प्रदान गर्ने सेवा सम्बन्धि सुविधाहरु बैंकका विभिन्न शाखा कार्यालयहरुबाट लिन सक्ने भएको छ ।