अजोड इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका हुन् । सहमतिसंगै बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा बैंकका सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्सका बजार विभाग प्रमुख लक्ष्मण पराजुलीेले बताए ।
नेपाल पुनर्बीमा र प्राइम लाइफबीच सम्झौता, २० प्रतिशत प्रत्यक्ष हिस्सा दिने
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच पुनर्बीमा व्यवस्थाको लागि सम्झौता भएको छ । नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट व्यवस्था गरे बमोजिम २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि उक्त सम्झौता भएको हो । सोमबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त व्यवस्थाले चालु आर्थिक वर्षको शुरुदेखि नै पुनर्बीमा हुने र यसमार्फत दुबै कम्पनी लाभान्वित हुने छन् ।
एनआईसी एशिया बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । एनआईसी एशिया बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच निर्जीवन बीमा सेवा प्रदान गर्ने सम्बन्धि बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता अनुसार इन्स्योरेन्सले आफ्नो थप सेवाहरु उक्त बैंककोे विभिन्न शाखा मार्फत प्रदान गर्ने छ । उक्त सम्झौतापत्रमा एनआईसी एशिया बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राथी र सानिमा जनरल इन्स्योरेन्सको तर्फबाट नायव महाप्रवन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । इन्स्योरेन्सले बीमा ब्यवसायलाई विधिकरण सहित प्रवद्र्धन गरी बीमा बजारमा अग्रणी स्थानमा रही गुणस्तरीय सेवा जनस्तर सम्म प्रदान गर्न बैंकसँग उक्त सम्झौता गरेको हो ।