जनशक्ति अभावमा खेतियोग्य जमिन बाँझै, आकर्षक बीमा प्याकेजले वैदेशिक रोजगारीमा भने आकर्षण
काठमाडौँ । खेतीयोग्य जमिन बाँझो राख्नेलाई ३ लाख रुपैयाँ जरिवाना हुने कानून बनिरहँदा कृषि क्षेत्रमा जनशक्तिको अभाव भइरहेको छ । वैदेशिक रोजगारीमा जानेको संख्यामा कुनै कमि नहुँदा स्वदेशमा जनशक्ति अभाव भएको हो । स्वदेश मै जनशक्तिको अभाव भइरहँदा राज्यका तर्फबाट वैदेशिक रोजगारी घटाउने र स्वदेश मै उद्यम गर्नतर्फ आकर्षित गर्ने खालका ठोस कार्यक्रम ल्याउन सकेको छैन । स्वदेशी जनशक्तिलाई स्वदेश मै टिकाउने कार्यक्रम त छैन नै बैदेशिक रोजगारमा जान ईच्छुकलाई बीमा प्याकेजले भने आकर्षण गरिरहेको छ । वैदेशिक रोजगारमा जानेका लागि यस्ता छन् बीमा सुविधा : वैदेशिक रोजगारमा जानेको मृत्यु भएमा १० लाख रुपैयाँसम्म बीमा पाईने व्यवस्था रहेको छ । पूर्ण अशक्त भएमा समेत १० लाख रुपैयाँ पाइने आंशिक अशक्तता वा आंशिक अंगभंग भएमा बीमाङ्कीको ४० देखी ५० प्रतिशतसम्म पाईन्छ । किरिया तथा अन्य खर्च बमोजिम १ लाख रुपैयाँ पाईने व्यवस्था छ । औषधी उपचार खर्च स्वरुप वास्तविक खर्च बिमाङ्कको १० प्रतिशत हद नबढ्ने गरी रकम प्राप्त गर्न सकिन्छ । विदेशमा मृत्यु भएर शव ल्याउन लाग्ने खर्चमा १ लाख रुपैयाँसम्म पाईन्छ । वैदेशिक रोजगारको क्रममा घातक रोग लागेमा ५ लाख रुपैयाँ सम्मको बीमा गर्न मिल्ने सुविधा उपलब्ध छ । यसकारण वैदेशिक रोजगारी सुरक्षित छ भन्दै यसतर्फ स्वदेशका युवा जनशक्ति विदेश तिर लम्किरहेका छन् । आगामी दिनमा सरकारको नीति नियमले विदेश जाने नेपालीलाई प्रोत्साहन तथा स्वदेशका श्रमिकलाईपछि पार्ने अवस्था आउनु हुदैन । बीमा क्षेत्रमा कसैलाई काखा कसैलाई पाखा गरेर भन्दापनि स्वदेश मैत्री बीमाका योजना सुचारु गर्नु आवश्यक रहेको बिज्ञहरुको तर्क छ । बीमा समितिका उप-निर्देशक साम्बाराज लामिछानेका अनुसार-‘विदेश जाने कामदारले ३२ सय रुपैयाँ तिरेर बीमा कम्पनी मार्फत आफ्नो जोखिम वहनमा सहभागिता देखाउँदै आएका छन्, यसैकारण उनीहरुले आफ्नो सुरक्षा महशुस गर्न पाउँछन् ।’ श्रम स्वीकृति पाउन बीमा अनिवार्य वैदेशिक रोजगारमा जान चाहने कामदारले श्रम स्विकृती पाउन अनिवार्य रुपमा बीमा गरेको हुन पर्छ । केही समय अगाडी नक्कली बीमालेख समेत बजारमा फेला परकाले हाल बैदेशिक बीमा सम्बन्धी सम्पूर्ण कामहरु बीमा पूल मार्फत गरिन्छ । बीमा पुल अन्तर्गत सम्पूर्ण बीमा कम्पनीहरु सहभागी हुन पाएपनि यसको मुख्य रेकर्ड ४ वटा कम्पनीमा मात्र रहन्छ । हाल पुलको सञ्चालन तथा बीमा लेख जारी गर्ने कार्य नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड, सूर्या लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड, युनियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गरिरहेका छन् । ४ वटा बीमा कम्पनीहरु मध्येबाट एउटा कम्पनी फोकल कम्पनीको रुपमा रहन्छ । सोही फोकल कम्पनीले बीमा पुलको व्यवस्थापन गर्नुपर्छ । पुलको सञ्चालन तथा बीमा लेख जारी गर्ने कार्यको लागि १ वर्ष पश्चात अन्य बीमकको छनौट हुन्छ ।
ज्योति विकास र अजोड इन्स्योरेन्सबीच बीमा सेवा सम्बन्धी सम्झौता
काठमाडौं । ज्योति विकास बैंक र अजोड इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्य भएको छ । सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञावली तथा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार ज्योति विकास बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।
सानिमा लाईफ र कैलाश विकाश बैैंकबीच वीमा सेवा संझौता
काठमाडौं । यस सानिमा लाईफ इन्स्योरेन्स र कैलाश विकाश बैंकबीच जीवनवीमा सेवा सम्वन्धि संझौता भएको छ । एक कार्यक्रमका बीच कम्पनीका तर्फबाट महा प्रबन्धक शिवराम तिमिल्सीना तथा बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरन श्रेष्ठले सो संझौतामा हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा कम्पनीका तर्फबाट वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ तथा वरिष्ठ अधिकृत आशिष अधिकारी समेतको उपस्थिति रहेको थिए । संझौता अनुसार ग्राहकहरुले कैलाश विकाश बैकका सम्पुर्ण ९१ शाखा हरु बाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवनवीमा सेवाउपभोग गर्न सक्ने छ ।